उद्योग संगठन मोरङको लेथ सेन्टर अपरेटर तालिम
दोलखा । विभिन्न उद्योग प्रतिष्ठानहरूमा कार्यरत प्राविधिक कामदारहरूका लागि उद्योग संगठन मोरङले इन्स्योर परियोजनाको सहकार्यमा सञ्चालन गरेको चौबीस दिने लेथ मेसिन सेन्टर तालिम सम्पन्न भएको छ । विभिन्न उद्योग प्रतिष्ठानका १५ जना प्राविधिकहरूको सहभागिता रहेको तालिमको समापनमा प्रशिक्षार्थीहरूलाई प्रमाण पत्र पनि वितरण गरिएको छ । प्रमाणपत्र वितरण कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले विभिन्न उद्योग प्रतिष्ठानमा कार्यरत पेसाकर्मीहरूको ज्ञान र सिप अभिवृद्धि गरी हालको कार्यलाई थप परिस्कृत गर्ने जनशक्तिका रूपमा तयार गर्नको लागि यो तालिम सञ्चालन गरेको बताए । उनले प्रत्येक तालिमलाई कर्मचारीहरूले जीवनपर्यन्त सिकाइको प्रक्रियाका रूपमा लिई आफनो कार्यसम्पादन र क्षमतामा सुधार गर्न अनुरोधसमेत गरेका थिए ।
तालिमका प्रशिक्षक जयप्रकाश विश्वासले चौबीस दिने तालिममा टर्निङ, फेसिङ, कटिङ, बनोट निर्धारणलगायतका विषयमा शिक्षा प्रदान गरिएको जानकारी दिए । तालिमले लेथ सेन्टर अपरेटरमा कार्यरत अर्धदक्ष कामदारहरूलाई थप सिप र दक्षता प्रदान गरी स्तरोन्नति गर्न सहयोग पु-याउने कुुरामा आफू विश्वस्त रहेको बताए । वर्कर्स फरदर ट्रेनिङअन्तर्गत यस क्षेत्रका उद्योग प्रतिष्ठानमा कार्यरत प्राविधिहरूका लागि सञ्चालन गरिएको लेथ सेन्टर अपरेटर तालिमका सहभागीहरूलाई लेथ सेन्टर अपरेसन र यसका कम्पोनेन्टहरू, उपकरण सञ्चालन विधि, प्राविधिक खराबीलाई सुधार गर्नुपर्ने पक्ष, मेसिन सञ्चालन गर्दा अपनाउनु पर्ने सुरक्षा व्यवस्थालगायतका विषयमा सैद्धान्तिक र प्रयोगात्मक विधिहरूको प्रयोग गरी तालिम सञ्चालन गरिएको आयोजकको भनाइ छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8
ताजा अपडेट
- अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्न आईसीसीले दियो अनुमति
- बेनीका विद्यार्थीलाई पढाइसँगै सीप
- भारतमा नरेन्द्र मोदीको लोकप्रियता र ध्रुवीकरणको एक दशक
- अरूको ‘परिचय चोरेर’ उत्तर कोरियालीहरूलाई अमेरिकी कम्पनीमा कसरी दिइयो जागिर
- नेपालको विकासमा रूसको ठूलो सहयोग छ: उपप्रधानमन्त्री श्रेष्ठ
- प्रहरी चौकीसंगै रहेको हनुमानथानबाट हनुमानको मुकुट चोरी !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया