खाद्यान्न बोक्न दिएको पासले मदिरा बोकेको ट्रक नियन्त्रणमा
कञ्चनपुर,बैशाख ७
लकडाउनका बेला बैतडीको मेलौलीमा खाद्यान्न ढुवानी गर्नेका लागि सवारी पास लिएको ट्रकले मदिरा ओसारपोसार गरेको पाइएपछि प्रहरीले एउटा ट्रक नियन्त्रणमा लिएको छ ।
मेलौली नगरपालिकाबाट वैशाख ४ गतेदेखि ८ गतेसम्मका लागि खाद्यान्न बोक्नका लागि लिइएको पासमा उक्त ट्रकले मदिरा बोकेको पाइएको छ । प्रहरीले चेकजाँचपछि शनिबार उक्त ट्रकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले फोनमार्फत जानकारी दिए ।
उक्त ट्रकबाट विभिन्न ब्राण्डका ४३ पेटी मदिरा बरामद गरिएको र थप अनुसन्धानको कार्यसमेत भएरहेको उनले बताए । मेलौलीमा ट्रक चेकजाँच गर्दा इलाका प्रहरी कार्यालय मेलौलीको टोलीले ट्रकमा पेटी देखेपछि शंका लागेर चेकजाँच गर्दा ट्रकमा मदिरा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पाण्डेयले बताए । चकजाँचपछि मदिरा भेटिएपछि ट्रकबाट मदिरा बरामद गरेको हो ।
ट्रकका साहु उत्तमसिंह पुजारा र चालक रोशन पन्तलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षक धनदेव जोशीको नेतृत्वमा प्रहरी टोली खटिएको प्रहरी नायब उपरीक्षक पाण्डेयले बताए । खाद्यान्न ढुवानी गर्ने भन्दै मेलौली नगरपालिकाबाट गाडीधनीले पास लिएर मदिरा बोकेको पाइएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।
लकडाउनका बेला सवारी पासको दुरुपयोग गरेकाले गाडी धनी पुजारालाई कानुनअनुसार कारबाही हुने प्रहरी नायब उपरीक्षक पाण्डेयले बताए । प्रहरीले रातिको समयमा बैतडी भित्रिने ट्रकहरुलाई खोड्पेमा रोक्ने गरेको भए पनि गाडीधनीहरुले जबरजस्ती गरेर राति नै चलाउन खोज्ने गरेको समेत पाइएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- मुलुकको समृद्धिका लागि राजनीतिक स्थिरता आवश्यक : महासचिव पोखरेल
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया