मेटाले नेपाली मुद्रामा फेसबुक विज्ञापन गर्ने
काठमाडौं । फेसबुकको मातृ कम्पनी मेटाले नेपाली मुद्रामा फेसबुक विज्ञापन गर्ने भएको छ । यसले नेपाली व्यवसायीलाई कारोबार गर्न सजिलो बनाउने कम्पनीको भनाइ छ । मेटाले राजधानीमा नेपाली विज्ञापनदाता लक्षित कार्यक्रमको आयोजना गरी नेपाली मुद्रामा फेसबुक विज्ञापन गर्ने बाटो खोलेको हो ।
यस्तै, मेटाले नेपालमा एचटीटीपोल वाई एल्फलाई आफ्नो आधिकारिक बिक्री साझेदारको रूपमा चयन गरेको छ । मेटा र एचटीटीपोल वाई एल्फले संयुक्तरूपमा होटल सोल्टीमा विशेष कार्यक्रमको आयोजना गरी साझेदारी घोषणा गरेका हुन् । कार्यक्रममा नेपालका विज्ञापन विशेषज्ञहरू, विभिन्न व्यवसायका शीर्ष अधिकारीहरू र डिजिटल मिडिया पेसेवरसहित विभिन्न उद्योग र पृष्ठभूमिका व्यक्तिहरूको सहभागिता रहेको थियो ।
नेपालमा मेटाको अधिकारिक आगमनसँगै अब स्थानीय विज्ञापनदाताहरू र एजेन्सीलाई व्यापार विस्तार, आन्तरिक समर्थन, रणनीतिक मार्गदर्शन, क्रस–बोर्डर बिलिङ र अन्य मेटा उत्पादनहरूमा आवश्यक सहयोग प्रदान हुने अपेक्षा राखिएको छ । एचटीटीपोल वाई एल्फले मेटाको आधिकारिक बिक्री साझेदारीको रूपमा १८ भन्दा अधिक बजारहरूमा आफ्ना अध्ययन र उत्पादनहरू प्रयोग गरी प्रयोगकर्तालाई परिणाम दिइरहेको जनाएको छ ।
नेपालमा पनि मेटाले साना तथा ठूला प्रयोगकर्ता र विज्ञापनदातालाई अधिकतम उत्पादन प्रदान गर्दै आएको छ । काठमाडौंमा स्थानीयरूपमा सञ्चालन गर्दै आएको एचटीटीपोल वाई एल्फको नेपालमा बलियो टोली छ । यसले नेपालभरका ब्रान्ड र विज्ञापनदाताहरूका लागि आधिकारिक र राष्ट्रिय दुवै भाषामा सेवा दिने जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- महाकवि देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
- अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा
- देउसी खेलेर क्याम्पसमा अक्षय कोष स्थापनाको प्रयास
- अन्नपूर्णआरोहण आधार शिविरमा अहिलेसम्मकै धेरै पर्यटक भित्रिए
- दोलखामा बृहत् स्वास्थ्य शिविर
- दराज नेपालको छैठौँ विक्रेता सम्मेलन
- केटिएम नेपालको ‘केटिएम ट्रयाक टेस्ट एक्सपिरियन्स’
- हिरोको दशैं तिहार अफरअन्तर्गत पाँच लाख क्यासका विजेता घोषणा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया