काठमाडौं, पोखरा फाइनान्स लिमिटेडका ग्राहकले कमलादी–२८, काठमाडौंस्थित स्काइवाकमा टिकट खरिद गर्दा १५ प्रतिशत छुट पाउने भएका छन् ।
पोखरा फाइनान्स र वर्न्डस नेपाल प्रालीअन्तर्गतको स्काइवाकबीच ग्राहक सुविधा विस्तारसम्बन्धी सम्झौता भएको हो । सम्झौताअनुसार पोखरा फाइनान्सका ग्राहकले स्काइवाकको टिकट खरिद गर्दा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
ग्राहकलाई थप सुविधा तथा लाभ उपलब्ध गराउने उद्देश्यले गरिएको उक्त सहकार्यबाट पोखरा फाइनान्सका ग्राहक प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास फाइनान्सले व्यक्त गरेको छ ।
पोखरा फाइनान्सले हाल ३८ वटा शाखामार्फत नगद कारोबार, आरटीजीएस, आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स, क्लियरिङ, सीआईएसलगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ । साथै, फाइनान्सले मोबाइल बैंकिङ, डेबिट कार्ड, क्यूआर कोडलगायतका डिजिटल बैंकिङ सुविधा पनि उपलब्ध गराउँदै आएको छ ।