नुवाकोट । बेलकोटगढी नगरपालिकाका तीनवटा विद्यालयका विद्यार्थीलाई स्थानीय सोनी ढुंगानाले न्यानो कपडा सहयोग गरेकी छिन् ।
करुणाकर आधारभूत विद्यालय, महामाया माध्यमिक विद्यालय र महादेव माध्यमिक विद्यालयमा कपडा सहयोग गरेकी हुन् ।ती तीन विद्यालयका ६ सयभन्दा बढी विद्यार्थी लाभान्वित भएको बताईएको छ ।

सहयोग वितरण कार्यक्रममा ढुंगानाले विद्यार्थीका शैक्षिक आवश्यकता सम्बोधन गर्नुपर्ने, छात्रवृत्तिको सुनिश्चितता, यातायातको सुविधा र विद्यालयमा विभेदरहित वातावरण निर्माणलाई प्राथमिकता दिन आग्रह गरिन । शैक्षिक संस्थाको ध्यान विद्यार्थीको पढाइ र भविष्यमा केन्द्रित हुनुपर्नेमा जोड दिँदै उनले कपडा वितरण अभियानमा कुनै राजनीतिक स्वार्थ नरहेको दाबी गरिन । उनको सामाजिक सहयोग न्यानो कपडा वितरणमा मात्र सीमित छैन। यसअघि नुवाकोटका विभिन्न विद्यालयमा १५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिसकेकी छिन् ।