विराटनगर, नेपालीहरुको महान चाड विजया दशमी भर्खरै सम्पन्न भएर विदा भएको छ । तर यही दशै“को बहाना बनाएर नेपाल सरकारका कर्मचारीहरुले सरकारी सवारी साधनको ब्यापक दुरुपयोग गरेका छन् । उनीहरुले कोशी प्रदेशको राजधानी विराटनगरसँग जोडिएको भारतको जोगबनी बजारमा खुलेयाम दशैको विदामा सामान किनमेलदेखि ढुुवानीमा प्रयोग गरेका हुन् ।
दशैंमा सरकारी कार्यालय बिदा भएसँगै सरकारी कर्मचारीहरुले सरकारी सवारी साधन प्रयोग गरी भारतको जोगवनी बजार पुगेर त्यहाँबाट दशैका विभिन्न सामग्री ल्याउँदा कुुनै चेकसमेत गरिएको देखिएन । भन्सार सुुरक्षार्थ नेपाल भारतको बोर्डरमा बसेको नेपाल प्रहरी र सशस्त्र प्रहरीसमेत मुख दर्शक भई कुनै चेक जाँचसमेत नगरी छाडिदिएको हो । सरकारी गाडीभित्र वैधानिक समान हो कि अवैधानीक सामान आयात भए भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन । त्यही ठाउँमा आम नागरिकलाई पटक–पटक सुरक्षा जाँच हुन्छ तर सरकारी गाडीमा सरकारी कर्मचारीहरुले गैरभन्सार सामान ल्याउँदासमेत सुरक्षा निकायले हेर्नु पर्दैन ? भन्ने प्रश्न आम नगरबासीहरुबाट उठ्न थालेको छ ।
दशैंको विदा पश्चात् प्रदेश १–०४–००१ झ ०१२६ नम्बरको सरकारी गाडीदेखि प्रदेश १–०२–००१ झ ०८७७ नम्बरको सरकारी गाडी नेपाल भारत सीमा नजिकै सडक क्षेत्रमै पार्किङ गरिएको अवस्थामा फेला पारिएको थियो । दशैं बिदा सुुरु हुुनासाथ सरकारी गाडी भारतीय बजार जोगबनी किनमेलका लागि गएको कुुरा उच्च सुुरक्षास्रोतले जानकारी दिएको थियो ।
अहिले ती सरकारी गाडी कसको निर्देशनमा त्यहाँ गयो ? भन्ने प्रश्न उठ्न थालेको छ । उक्त गाडीलाई नेपाल र भारतको सीमामा रहेको ससस्त्र र नेपाल प्रहरीको टोलीले समेत किन चेकजाँच गरेनन् ? भन्ने प्रश्न उठेको छ । दशंैको विदामा सरकारी गाडी कसैको निजी सुविधा, व्यक्तिगत भ्रमण वा जवाफदेहिताबाट उम्किने माध्यम बन्न नहुने सरोकारवाला बताउँछन् । सरकारी स्रोतको दुरुपयोग भएमा छानबिन गरी कानुनअनुसार कारबाही हुनुपर्ने उनीहरुको माग छ ।