काठमाडौं, नेप्से सुचक तथा कारोबार रकम दुबैमा सुधार देखिएको छ । अघिल्लो दिन दुई दशमलव ३१ अंकले उकालो लागेको नेप्से परिसुचक साताको अन्तिम कारोबार दिन शुक्रबार १७ दशमलव १५ अंकले उकालो लागेर २५ सय ९१ दशमलव ८० बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ८० अंकले उकालो लागेर चार सय ६५ दशमलव ८५ बिन्दुमा चढेको छ । धितोपत्र बजारमा आज तीन सय ५३ वटा कम्पनीहरुको ५२ हजार ४४ पटकको कारोबारमा एक करोड २९ लाख पाँच हजार नौं सय ४२ कित्ता शेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा कुल कारोबार रकम चार अर्ब ८३ करोड ७७ लाख २३ हजार ७६ रुपैंयाँ ७९ पैसा कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १३ वटै उपसमुहहरुको सुचक उकालो लाग्दा शेयर बजार पुरै हरियो देखिएको छ ।