काठमाडौं, एमजी मोटरको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्स नेपालले चाडपर्व लक्षित अफर सार्वजनिक गरेको छ ।
कम्पनीले ‘ड्राइभ मोर, सेलिब्रेट मोर’ नामक योजनाअन्तर्गत नयाँ गाडी खरिदमा ग्राहकलाई ३ लाख रुपैयाँसम्म बचतको सुविधा दिने आफर सार्वजानिक गरेको हो । छठ पर्वसम्म लागू हुने योजनामा निःशुल्क अटो प्लस इन्स्योरेन्स, रोड ट्याक्स, इजी एक्सचेन्ज र इजी फाइनान्सको सुविधा पनि समावेश गरिएको कम्पनीले जनाएको छ ।
अफरअन्तर्गत एमजीका विभिन्न हाइब्रिड तथा विद्युतीय मोडल समावेश छन् । कम्पनीका अनुसार यो योजना एमजी जेडएस हाइब्रिड, एमजी आरएस ईभी, एमजी साइबरस्टर, एमजी ४ ईभी, एमजी ५ लगायतका मोडल लागू हुनेछ । कम्पनीका अनुसार हालै नेपाली बजारमा सार्वजनिक गरिएको एमजी जेडएस हाइब्रिडमा हाइब्रिड प्रविधि प्रयोग गरिएको छ । त्यस्तै, एमजी आरएस ईभीलाई चार–पाङ्ग्रे ड्राइभसहितको विद्युतीय पिकअपका रूपमा प्रस्तुत गरिएको छ ।
एमजी ४ ईभीमा १८० किलोवाट मोटर, एडीएएस, इन्डिपेन्डेन्ट रियर सस्पेन्सन र ५३० किलोमिटरसम्मको रेन्ज रहेको कम्पनीको दाबी छ । एमजी ५ ईभी ४३ लाख ९९ हजार रुपैयाँदेखि उपलब्ध रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ग्राहकले आफ्नो आवश्यकता र बजेटअनुसार अफरमा समावेश विभिन्न हाइब्रिड तथा विद्युतीय मोडलमध्ये छनोट गर्न सक्नेछन् । अफरमा सहभागी हुन तथा उपलब्ध मोडल, मूल्य र सुविधाबारे जानकारी लिन ग्राहकलाई नजिकको एमजी शोरुममा सम्पर्क गर्न पारामाउन्ट मोटर्सले आग्रह गरेको छ ।