काठमाडौँ, आज बिहान भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१ मा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–९ की गीता तिमिल्सिनाको ट्रकको ठक्करबाट मृत्यु भएको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार आँखा अस्पतालबाट मनोहरातर्फ जाँदै गरेको बा प्र ०२–००१ ब ३०१८ नम्बरको मोटरसाइकललाई जडीबुटीबाट लोकन्थलीतर्फ जाँदै गरेको ग प्र ०४–००१ प ००४५ नम्बरको ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएकी तिमिल्सिनाको उपचारका क्रममा निधन भएको हो ।
मृतकको साथमा रहेको त्रिभुवन विश्वविद्यालयको परिचयपत्रका आधारमा उनको पहिचान खुलेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । प्रहरीवृत्त थिमीले दुवै सवारीसाधन र ट्रक चालकलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।