काठमाडौं, शेयर बजार परिसुचक नेप्से पुन खुम्चिएको छ । अघिल्लो दिन एक दशमलव ४० अंकले उकालो लागेको नेप्से परिसुचक साताको चौंथो कारोबार दिन आज बिहिबार १२ दशमलव ९५ अंकले ओरालो लागेर २६ सय ५२ दशमलव ५८ बिन्दुमा खुम्चिएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि आज एक दशमलव ५७ अंकले ओरालो लागेर चार सय ७८ दशमलव ९३ बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय ४९ वटा कम्पनीहरुको ४४ हजार चार सय १२ पटकको कारोबारमा एक करोड २३ लाख ७३ हजार आठ सय ४१ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम चार अर्ब ७२ करोड २२ लाख ३६ हजार छ सय २३ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये लघुवित्त उपसमुहको सुचक सामान्य अंकले बढेको छ भने बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका १२ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।