काठमाडौं, नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई आवश्यक सामग्री हस्तान्तरण गरेको छ । बुधबार नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा प्रतिनिधिमण्डलले प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसँग भेटी आवश्यक सामग्री हस्तान्तरण गरेको हो ।
नाडाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै राष्ट्रिय विपत्ति तथा विभिन्न आपत्कालीन परिस्थितिहरूमा सम्बन्धित संघ–संस्था तथा कार्यालयहरूलाई आवश्यकताअनुसार विभिन्न सामग्री तथा सहयोग उपलब्ध गराउँदै आएको छ ।
यस किसिमका सहयोगात्मक गतिविधिहरूले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्नुका साथै राज्यका निकायहरूसँगको सहकार्य र समन्वयलाई थप प्रभावकारी बनाउने नाडाको विश्वास रहेको छ । कार्यक्रममा नाडाका उपाध्यक्ष विक्रम सिंघानिया, महासचिव मिलनबाबु मल्ल, सचिव मेघराज पौडेल तथा केन्द्रीय कार्यसमिति सदस्यदय दिपककुमार अग्रवाल र नारायणप्रसाद पौडेलको उपस्थिति रहेको थियो ।