काठमाडौं, शेयर बजार परिसुचक नेप्सेको उकालो यात्राले साताको चौंथो कारोबार दिन आज बिहिबार पनि निरन्रतता पाएको छ । अघिल्लो दिन ३३ दशमलव २९ अंकले बढेको नेप्से आज पुन ३१ दशमलव ५४ अंकले उकालो लागेर २६ सय ९५ दशमलव ६० बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव ४१ अंकले उकालो लागेर चार सय ८८ दशमलव २१ बिन्दुमा चढेको छ । धितोपत्र बजारमा आज तीन सय ५० वटा कम्पनीहरुको ६९ हजार छ सय १९ पटकको कारोबारमा दुई करोड ३२ लाख ५८ हजार नौं कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम आठ अर्ब ५७ करोड ९८ हजार आठ सय २३ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका १३ वटै उपसमुहहरुको सुचक उकालो लाग्दा शेयर बजारमा पुरै हरियाली छाएको छ ।