काठमाडौं, पोखरामा ‘पल्सर आरपीएम’ आयोजना हुने भएको छ । युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोट्र्स र स्ट्रीट कल्चरलाई एकै मञ्चमा जोड्दै कात्तिक १४ गते उक्त कार्यक्रम हुन लागेको हो ।
पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा आयोजना हुने कार्यक्रममा मोटरसाइकल स्टन्ट, बीएमएक्स, स्केटबोर्डिङ, ब्रेकिङ, क्यालिस्थेनिक्स, संगीत तथा अन्य मनोरञ्जनात्मक गतिविधि समावेश हुनेछन् । कार्यक्रममा प्रवेश निःशुल्क रहने कम्पनीले जनाएको छ । काठमाडौं र बुटवलमा सफलतापूर्वक सम्पन्न भएका संस्करणपछि पोखरा आइपुग्न लागेको पल्सर आरपीएमले यसपटक सहरका युवा, खेलप्रेमी र सिर्जनशील समुदायलाई एउटै मञ्चमा ल्याउनेछ । बुटवलमा करिब २ हजार ५ सय जनाको सहभागिता रहेको यस कार्यक्रमले पोखरामा पनि उत्साहपूर्ण सहभागिताको अपेक्षा गरेको छ ।
कार्यक्रममा पल्सर एन१६० मार्फत रोमाञ्चक मोटरसाइकल स्टन्ट प्रदर्शन गरिनेछ । साथै स्थानीय डिजे तथा ग्राफिटी कलाकारले आफ्नो कला प्रस्तुत गर्नेछन् भने पल्सर एन१६० र एनएस२०० मोटरसाइकलको प्रदर्शनी तथा परीक्षण राइडको व्यवस्था गर्ने योजना पनि रहेको छ । सहभागीले पप–अप स्टोर, खाना, कफी र अन्य गतिविधिको अनुभव लिन सक्नेछन् ।