काठमाडौं, नेपाली प्रयोगकर्ताका लागि तयार गरिएको नेपा एपको नयाँ अपडेटमा दैनिक जीवनलाई सहज बनाउने विभिन्न नयाँ डिजिटल सेवा तथा उपयोगी टुल्स थपिएका छन् ।
फोटोबाट नेपाली टेक्स्ट निकाल्न सकिने ओसीआर, नियमित रूपमा पानी पिउन सम्झाउने वाटर रिमाइन्डर, जिल्लागत मौसम, तरकारीको मूल्य, इन्धनको मूल्य, अस्पतालमा उपलब्ध फ्री खाली बेड तथा ब्लड बैंकसम्बन्धी जानकारी लगायतका सुविधा नयाँ अपडेटहरु थपिएका हुन् । नयाँ अपडेटमा विशेषगरी नेपाली भाषामा डिजिटल काम गर्न उपयोगी हुने ओसीआर र स्वास्थ्य तथा दैनिक जीवनसँग सम्बन्धित वाटर रिमाइन्डरलाई प्राथमिकताका साथ समेटिएको छ । ओसीआरसुविधा मार्फत फोटो वा तस्बिरमा रहेका नेपाली अक्षर तथा शब्दलाई डिजिटल टेक्स्टमा रूपान्तरण गर्न सकिन्छ । नयाँ अपडेटमा समावेश गरिएको वाटर रिमाइन्डर सुविधा दैनिक जीवनमा पानी पिउने बानीलाई नियमित बनाउन चाहनेहरूका लागि उपयोगी बन्न सक्छ । नयाँ अपडेटमा वल्र्ड क्लक र बीएमआई क्याल्कुलेटर पनि समावेश गरिएका छन् ।
वल्र्ड क्लकमार्फत विभिन्न देश तथा सहरको स्थानीय समय हेर्न सकिन्छ । विदेशमा रहेका आफन्तसँग सम्पर्क गर्ने, अन्तर्राष्ट्रिय काम गर्ने वा विदेशसँग सम्बन्धित समय व्यवस्थापन गर्नुपर्ने प्रयोगकर्ताका लागि यो सुविधा उपयोगी हुन सक्ने कम्पनीको भनाई छ । त्यस्तै, बीएमआई क्याल्कुलेटरले उचाइ र तौलका आधारमा शरीरको बडी मास इन्डेक्स गणना गर्न सहयोग गर्नेछ ।
एपमा अस्पतालमा उपलब्ध फ्री खाली बेडको सूची र अस्पतालअनुसार ब्लड बैंकको सूची पनि समावेश गरिएको छ । आवश्यक परेको समयमा अस्पतालमा उपलब्ध बेड तथा ब्लड बैंकसम्बन्धी जानकारी खोज्नुपर्ने अवस्थालाई सहज बनाउने उद्देश्यले यी सुविधाहरू राखिएका हुन् । यस्तै सरकारी सूचना तथा अवसरमा चासो राख्ने प्रयोगकर्ताका लागि नयाँ अपडेटमा लोकसेवा आयोगका सूचना र टेन्डरसम्बन्धी सूचना पनि समावेश गरिएका छन् । नयाँ अपडेटमा पेट्रोल तथा डिजेलको मूल्यसम्बन्धी जानकारीसँगै ट्रिप क्याल्कुलेटर पनि थपिएको छ । ट्रिप क्याल्कुलेटरमार्फत यात्राको दूरी तथा सवारीसाधनको इन्धन खपतका आधारमा यात्रामा लाग्न सक्ने इन्धन खर्चको अनुमान गर्न सकिन्छ ।
दैनिक बजारसँग सम्बन्धित जानकारीलाई सहज बनाउने उद्देश्यले एपमा तरकारीको मूल्य हेर्न सकिने सुविधा थपिएको छ । त्यसैगरी जिल्लागत मौसम सुविधामार्फत विभिन्न जिल्लाको मौसमसम्बन्धी जानकारी प्राप्त गर्न सकिन्छ । नेपा एपमा यसअघि नै नेपाली पात्रो, नेपाली समाचार, जिल्लागत समाचार, नजिकका समाचार, नेपाली रेडियो, दैनिक राशिफल, सुनको मूल्य, सुनको मूल्य कन्भर्टर, विदेशी मुद्रा विनिमय दर, मुद्रा कन्भर्टर, डकुमेन्ट स्क्यानर, महिनावारी ट्र्याकर, नोट तथा रिमाइन्डर, क्यूआर कोड स्क्यानर, नेपाली मिति कन्भर्टर, युनिट कन्भर्टर, क्याल्कुलेटर, कर क्याल्कुलेटर, ईएमआई क्याल्कुलेटर, जीपीएस लोकेसन सेयरिङ र इन्टरनेट स्पिड मिटरजस्ता सुविधाहरू उपलब्ध छन् ।