काठमाडौं, शेयर बजार परिसुचक नेप्से घटेर राताम्मै देखिएको छ । साताको पहिलो कारोबार दिन आज सोमबार नेप्से परिसुचक ३२ दशमलव ६५ अंकले ओरालो लागेर २६ सय ५७ दशमलव ५० बिन्दुमा खुम्चिएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ९३ अंकले ओरालो लागेर चार सय ८१ दशमलव ७२ बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय ४३ वटा कम्पनीहरुको ७० हजार दुई सय २८ पटकको कारोबारमा एक करोड ९८ लाख २२ हजार तीन सय ९२ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम सात अर्ब १८ करोड ३७ लाख १३ हजार ४७ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत्, जीवन बीमा, निर्जीवन बीमा सहितका सबै उपसमुहहरुको सुचक ओरालो लाग्दा शेयर बजार राताम्मै भएको छ ।