काठमाडौं, नेपालको लागि भेस्पा तथा अप्रिलियाको आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले धनगढीमा नयाँ शोरुम विस्तार गरेको छ ।
भेस्पा, अप्रिलिया प्रति बढ्दै गएको युवापुस्ताको रुचि र मागको आधारमा धनगढीमा नयाँ शोरुम खोलिएको कम्पनीले जनाएको छ । डेल्टा अटोकर्प प्रालिका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विजय कुमार महतोले युवापुस्ताको पहिलो रोजाइमा भेस्पा, अप्रिलिया स्कुटर परेको दाबी गरे । उनको देशैभर स्कुटर उपलब्ध गराउने योजना अनुरुप धनगढीमा नयाँ शोरुम संचालनमा ल्याएको बताए ।
कम्पनीले देशैभर शोरुम र आधिकारिक सर्भिस सेन्टरको सुविधा बढाउँदै लगेको जनाएको छ । धनगढी उपमहानगरपालिका ४ स्थित वेस्टर्न म्याक नेपाल प्रालिबाट अब नाडामा हालसालै लञ्च भएको नयाँ अप्रिलिया एसआर १७५ र भेस्पाको लाइल्याक र ओरो गोल्डेनको दुई नयाँ कलरसहित स्कुटर खरिद गर्न सकिनेछ ।