काठमाडौं, नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित गरी ‘एनपीएल अनलिमिटेड प्याकेज’ सञ्चालनमा ल्याएको छ ।
यसअन्तर्गत नेपाल टेलिकमका प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्ताहरुले ५९९ रुपैयाँमा उक्त प्याकेज खरिद गर्न सक्नेछन् । यस अन्तर्गत ३३३ मिनेट अल–नेट भ्वाइस कल गर्न सकिने छ भने प्रतिदिन ८ जीबी डाटा उपलब्ध हुनेछ । कात्तिक १० गतेदेखि आगामी मंसिर ५ गतेसम्म प्याकेज खरिद गर्न सकिने कम्पनीले जनाएको छ । सो प्याकेज चलाउन सकिने समयावधि ३० दिनको हुनेछ ।
पोस्टपेड मोबाइल प्रयोगकर्ताहरुले लिएको प्याकेजको शुल्क मासिक रेन्टल चार्जमै समावेश हुनेछ । ‘एनपीएल अनलिमिटेड प्याकेज’ प्राप्त गर्नका लागि मोबाइलबाट स्टार १४१५ स्टार ९ ह्याक्स डायल गर्न सकिने छ । नेपाल प्रिमियर लिग सिजन–३ को नेपाल टेलिकम अफिसियल टेलिकम पार्टनरसमेत रहेको छ ।