कााठमाडौं, सिद्धार्थ बैंक लिमिटेडले ग्राहकहरुको तत्कालको वित्तिय आवश्यकतालाई सहज र सर्वसुलभ सम्बोधन गर्ने उद्देश्यका साथ सेयर धितो कर्जाको लागि अनलाइन आवेदन सेवा संचालनमा ल्याएको छ ।
बैंकका अनुसारअन्तर्गत गाह्रकहरुले आफ्नो सेयरहरु धितो राखी बैंकबाट आवश्यक कर्जा रकम प्राप्त गर्न सक्नेछन् । यस सेवाअन्तर्गत ग्राहकहरुद्वारा बैंकको मोबाइल बैंङ्गिक एपमार्फत सेयर धितो कर्जाका लागि सजिलै अनलाइन आवेदन दिन सकिनेछ । साथै, गाह्रकहरुले आफ्नो कुल धितो रहने सेयरको मूल्यांकनका आधारमा ७० प्रतिशत सम्म सेयर धितो कर्जा सहजै लिन सक्नेछन् ।
यस सुविधामार्फत ग्राहकहरुले आफ्नो व्यक्तिगत तथा व्यवसायिक आवश्यकता सहज रुपमा पूरा गर्न सक्नुहुनेछ भन्ने विस्वास बैंकले लिएको छ । ग्राहकहरुलाई छिटो, सुरक्षित तथा भरपर्दाे वित्तिय सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको सेयर धितो कर्जा सेवा सिद्धार्थ बैंकको सबै शाखाहरुमा उपलब्ध छ ।