काठमाडौं, सानिमा बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो त्रैमाासमा एक अर्ब पाँच करोड १४ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा एक सय ३१ दशमलव १३ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा ४५ करोड ४२ लाख रुपैयाँ रहेको थियो ।
अपरिष्कृत वित्तीय विवरण अनुसार चालु आवको पहिलो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी नौ दशमलव ४२ प्रतिशतले बढेर एक अर्ब ८४ करोड ७६ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकले एक अर्ब ६८ करोड ८५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा बैंकको निक्षेप संकलन र कर्जा प्रवाहमा समेत वृद्धि भएको छ । बैंकको निक्षेप संकलन दुई दशमलव शून्य आठ प्रतिशतले बढेर दुई खर्ब ५४ अर्ब १० करोड ९९ लाख रुपैयाँ पुगेको छ ।
गत आवको सोही अवधिमा बैंकले दुई खर्ब ४८ अर्ब ९२ करोड ३४ लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो । त्यसैगरी, बैंकको कर्जा प्रवाह एक दशमलव ७८ प्रतिशतले बढेर एक खर्ब ९९ अर्ब ३६ करोड ७० लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकको कर्जा प्रवाह एक खर्ब ९५ अर्ब ८८ करोड ४७ लाख रुपैयाँ रहेको थियो । बैंकको खुद कर्जा तथा सापटी प्रवाह पनि एक दशमलव ६९ प्रतिशतले बढेर दुई खर्ब सात अर्ब ४३ करोड रुपैयाँ पुगेको छ ।
बैंकको निष्क्रिय कर्जा पनि घटेको छ । गत आवको पहिलो त्रैमासमा तीन दशमलव ९१ प्रतिशत रहेको कुल निष्क्रिय कर्जा अनुपात चालू आवको पहिलो त्रैमासमा घटेर दुई दशमलव ८६ प्रतिशतमा सीमित भएको छ । बैंकको चुक्ता पुँजी १५ अर्ब ५८ करोड ५८ लाख रुपैयाँ रहेको छ ।