काठमाडौँ, थारु आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आज बुधबार आयोगका कार्यवाहक अध्यक्ष सुबोधसिंह थारुले राष्ट्रपति भवन शीतल निवासमा सो प्रतिवेदन पेस गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।