काठमाडौं । म्याक्स टाइगरले सञ्चालन गरेको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अन्तर्गत थप दुई जना भाग्यशाली विजेता घोषित भएका छन् ।अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोकरले यामाहा रे जेडआर स्कुटर जितेका छन् भने धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन् ।
यसअघि बनेपाका कुमार राज र धादिङका संजोग रिमालले मोटरसाइकल तथा सुर्खेतका किशोर जंग शाहले स्कुटर जितिसकेका छन् । यससँगै अभियानमा हालसम्म ५ जना विजेता घोषित भएका छन् ।म्याक्स टाइगरका अनुसार ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अन्तर्गत अझै विभिन्न आकर्षक पुरस्कारहरू जित्ने अवसर बाँकी रहेको छ । अभियानमा सहभागी उपभोक्तामध्येबाट विभिन्न चरणमा भाग्यशाली विजेता छनोट गरिँदै आएको कम्पनीले जनाएको छ ।
म्याक्स टाइगरको क्यान खोलेर अभियानमा सहभागी हुने उपभोक्ताले मोटरसाइकल, स्कुटरसहितका पुरस्कार जित्ने अवसर पाउने कम्पनीले जनाएको छ ।