काठमाडौं, नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लू राइडस प्रालिले देशव्यापी रूपमा क्षेत्रीय सहरहरूमा रहेका आधिकारिक यामाहा डिलरसिपहरूमा एकै साथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ सार्वजानिक गरेको छ ।
काठमाडौँको भृकुटीमण्डपमा आयोजित नाडा अटो शो तथा यामाहा ब्लु फेस्टको सफल प्रदर्शनपाछि यो मोटरसाइकल अहिले देशव्यापी क्षेत्रीय २० शोरूमहरूमा पु¥याइएको कम्पनीले जनाएको छ । राइडर तथा उत्साहीहरूले अब आफ्नो नजिकैको आधिकारिक डिलरमा पुगेर प्रत्यक्ष रूपमा मोटरसाइकल अवलोकन गर्न, टेस्ट राइड लिन र सिधै बुकिङ गर्न सक्नेछन् ।
कम्पनीको एक्सएसआर १५५ ले मौलिक रेट्रो स्टाइल र आधुनिक प्रदर्शनको उत्कृष्ट संयोजन प्रदान गर्ने जनाइएको छ । यसमा भीभीए प्रविधिको १५५ सीसी लिकुइड–कुल्ड इन्जिन र ६–स्पीड गियर ट्रान्समिसन रहेको छ, जसले दैनिक यात्रा तथा हाइवे राइडमा सेगमेन्टमै उत्कृष्ट माइलेजका साथै भरपर्दो पावर र उच्च गतिमा स्थिरता प्रदान गर्ने कम्पनीको दाबी छ ।
हाल उपलब्ध आकर्षक रंगहरू ब्ल्याक, ग्रे, रेडका साथै लाइनअपमा थप स्टाइलका विकल्पहरूको ग्राहक मागलाई सम्बोधन गर्दै यामाहाले यो नयाँ ब्लु विकल्प बजारमा ल्याएको हो । यसको मूल्य ५ लाख ३४ हजार ९ सय रुपैयाँ तोकिएको छ । ब्लु यामाहा एक्सएसआर १५५ का लागि टेस्ट राइड तथा बुकिङ हाल देशव्यापी क्षेत्रीय सहरहरूमा रहेका आधिकारिक यामाहा डिलरसिपहरूमा खुला गरिएको छ ।