काठमाडौं, शाओमी नेपालले चाडपर्वलाई लक्षित गरी ‘शाओमी किन्दा उपहार एभ्रिडे, बम्परमा थाइल्यान्ड होलिडे’ योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत नयाँ शाओमी वा रेडमी मोबाइल फोन खरिद गर्ने ग्राहकले दैनिक, साप्ताहिक तथा बम्पर उपहार जित्ने अवसर पाउनेछन् ।
योजनाअन्तर्गत हरेक दिन ८ जना भाग्यशाली विजेताले २ हजार ४ सय ९९ रुपैयाँ मूल्य पर्ने रेडमी बड्स ६ प्ले प्राप्त गर्नेछन् । त्यसैगरी, हरेक साता १० जना विजेताले १० हजार ९ सय ९९ रुपैयाँ मूल्य पर्ने रेडमी वाच ६ एक्टिभ प्राप्त गर्नेछन् । साथै, ४ जना भाग्यशाली बम्पर विजेताले ४ दिन ५ रातको थाइल्यान्ड भ्रमण गर्ने अवसर पाउनेछन् । योजनामा सहभागी हुन ग्राहकले नयाँ शाओमी वा रेडमी मोबाइल फोन खरिद गरी मोबाइलको आईएमईआई नम्बर +९७७ ९७०२६६५७९० नम्बरको ह्वाट्सएपमा मी आईएमईआई नम्बर वान वा दुई २ टाइप गरी पठाउनुपर्नेछ ।
विजेताको छनोट लक्की ड्रमार्फत गरिनेछ भने विजेताको घोषणा शाओमी नेपालको आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरिनेछ । यो योजना मंसिर ९ गतेसम्म सञ्चालन हुनेछ । योजनामा सहभागी हुने ग्राहकले कम्पनीले तोकेका सम्पूर्ण नियम तथा सर्तहरू पालना गर्नुपर्नेछ । यस योजनामार्फत शाओमी नेपालले मोबाइल फोन खरिदसँगै आकर्षक उपहार तथा थाइल्यान्ड भ्रमणको अवसर प्रदान गर्न लागेको हो ।