काठमाडौं, शेयर बजार परिसुुचक नेप्से ओरालो लागेको छ । अघिल्लो दिन १३ दशमलव ८२ अंकले खुम्चिएको नेप्से परिसुचक साताको अन्तिम कारोबार दिन आज शुक्रबार पनि चार दशमलव शुन्य पाँच ओरालो लागेर २६ सय ५० दशमलव शुन्य नौं बिन्दुमा खुम्चिएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव १६ अंकले ओरालो लागेर चार सय ६३ दशमलव ५६ बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय ३४ वटा कम्पनीहरुको ४६ हजार नौं सय १२ पटकको कारोबारमा एक करोड तीन लाख १३ हजार नौ सय ७९ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम तीन अर्ब ७७ करोड ४३ लाख ६१ हजार पाँच सय ४१ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र व्यापार उपसमुहको सुचक उकालो लागेपनि बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका नौं वटा उपसमुहहरुको सुचक खुम्चिएका छन् ।