ललितपुर । तीजको अवसरमा ललितपुरको लगनखेलस्थित Infoways Computer System ले दुई दिने निःशुल्क ल्यापटप सर्भिसिङ योजना सार्वजनिक गरेको छ। कम्पनीका अनुसार आगामी भदौ २८ र २९ गते सञ्चालन हुने योजनाअन्तर्गत ल्यापटपको क्लिनिङ, ट्रबलसुटिङ तथा कुलिङ पेस्ट (Thermal Paste) सम्बन्धी सेवा निःशुल्क उपलब्ध गराइनेछ।सर्भिसिङका क्रममा ल्यापटपमा कुनै पार्टपुर्जा फेर्नुपर्ने अवस्था देखिएमा आवश्यक पार्ट्स उचित मूल्य तथा सहुलियत दरमा उपलब्ध गराइने कम्पनीले जनाएको छ।
विशेषगरी विद्यार्थी तथा युवालाई लक्षित गर्दै यो योजना ल्याइएको इन्फोवेजको भनाइ छ।इन्फोवेजले यसअघि पनि विभिन्न अवसर तथा पर्वलाई लक्षित गरी निःशुल्क सर्भिसिङ, विशेष छुट तथा उपहार कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। ग्राहकलाई नियमित प्राविधिक सेवा उपलब्ध गराउनुका साथै प्रविधिसम्बन्धी सेवा सहज र पहुँचयोग्य बनाउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिइएको कम्पनीले जनाएको छ।