काठमाडौं, शेयर बजार परिसुचक नेप्से उकालो लागेको छ । अघिल्लो दिन १३ दशमलव ८५ अंकले ओरालो लागेको नेप्से परिसुचक साताको अन्तिम कारोबार दिन आज शुक्रबार २७ दशमलव ९४ अंकले उकालो लागेर २५ सय ५९ दशमलव ४९ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ९८ अंकले उकालो लागेर चार सय ५३ दशमलव ९२ बिन्दुमा चढेको छ । धितोपत्र बजारमा आज तीन सय ४५ वटा कम्पनीहरुको ४९ हजार छ पटकको कारोबारमा एक करोड २० लाख ८९ हजार सात सय नौं कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम चार अर्ब ३६ करोड एक लाख ५९ हजार चार सय ८७ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका सबै उपसमुहहरुको सुचक बढेर नेप्सेमा पुरै हरियाली छाएको छ ।