काठमाडौँ, देशमा विभिन्न स्थानबाट नियमित गस्तीमा रहेको प्रहरी टोलीले लागुऔषधसहित १७ जनालाई पक्राउ गरेको छ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१४ बाट दुई, उदयपुरको त्रियुगा नगरपालिका–६ बाट पाँच, मोरङको लेटाङ नगरपालिका–४ बिपी चोकबाट दुई, कञ्चनपुरको भीमदत्त नगरपालिका–४ बाट दुई, कैलालीको धनगढी उपमहानगरपालिका–७ जनआवाज चोकबाट एक र टीकापुर नगरपालिका–९ खक्रौलाबाट दुई जना पक्राउ परेको केन्द्रीय प्रहरी समाचार कक्षले जानकारी गराएको छ ।
प्रहरीका अनुसार नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–४ देवीनगरस्थित बसपार्कबाट एक तथा पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ श्रीपुर बजार र पटेर्वा सुगौली गाउँपालिका–५ मनिहर्वा चोकबाट एक/एक जना पक्राउ परेका छन् । उनीहरुको साथबाट लागुऔषध खैरो हेरोइन र गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने नाइट्राजेपाम र स्पास्मो बरादम गरेको प्रहरीले जनाएको छ ।