काठमाडौं, हालै सम्पन्न नाइमा मोबिलिटी एक्स्पोमा ४४ वटा म्याक्सस इ–टेरेन पिकअप ट्रक बुकिङ भएको छ । हिमालय अर्गनाइजेसन अन्तर्गत हिमालय मोटरक्स प्रालीले कम्फर्ट भर्सन ३६ वटा र प्रिमियम भर्सन ८ वटा गरी ४४ वटा म्याक्सस इ–टेरेन पिकअप ट्रक बुकिङ भएको जानकारी दिएको छ । कम्पनीले तीन हप्ता अगाडि मात्र सार्वजनिक गरेको इ–टेरेन कम्फर्ट भर्सन पिकअपलाई ८८ लाख रुपैयाँमा बजारमा प्रस्तुत गरेको थियो ।
कम्पनीले नाइमा अटो शोमा २ लाख छुट प्रदान गरेको थियो । त्यसैगरी प्रिमियम भर्सनको मूल्य १ करोड २८ लाख रुपैयाँ रहेको छ यस मोडलको पिकअपमा ५ लाख छुट प्रदान गरिएको कम्पनीले जनाएको छ । कम्पनीले नाइमा मोबिलिटी एक्सपोको लागि ल्याएको छुट अफरलाई भदौ १५ गतेसम्मका यथावत राखिएको जनाएको छ । अब यो छुट सुविधा लिन इच्छुक ग्राहकहरूले हात्तीसार स्थित म्याक्ससको सोरुममा नै गएर बुकिङ गर्न सक्नेछन् ।