काठमाडौं,आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नामिबियासँग प्रतिस्पर्धा गरिरहेको नेपालले आफ्नो दोस्रो विकेट पनि पतन गरेको छ । दोस्रो विकेटको रुपमा इसान पाण्डे २१ बलमा ७ रन बनाएर जेजे स्मिथको बलमा नै बोल्ड हुने पुगे । यो भन्दा अगाडी नेपालले पहिलो विकेटको रुपमा ओपनर ब्याटर कुशल भुर्तेलको विकेट गुमाएको थियो। भुर्तेलले २ रन जोडेका थिए उनलाई पनि जेजे स्मिथले बोल्ड गरेका थिए । अहिले ब्याटिङका लागि रोहित पौडेल क्रिजमा आइपुगेका छन् ।
नेपालविरुद्ध नामिबियाका कप्तान जेरहार्ड इरास्मसले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए। नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले आज आफ्नो पहिलो खेल खेलिरहेको हो।विश्वकप छनोटको दौडमा महत्वपूर्ण मानिएको खेलमा नेपाल जित निकाल्दै आफ्नो स्थिति बलियो बनाउने लक्ष्यमा छ।