काठमाडौं, आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्दैछ। खेलमा नामिबियाका कप्तान जेरहार्ड इरास्मसले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका छन्।नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले आज आफ्नो पहिलो खेल खेल्न लागेको हो। विश्वकप छनोटको दौडमा महत्वपूर्ण मानिएको खेलमा नेपाल जित निकाल्दै आफ्नो स्थिति बलियो बनाउने लक्ष्यमा छ।
नेपाल २८ खेलबाट २४ अंक जोड्दै तालिकाको पाँचौँ स्थानमा छ। समान २८ खेल खेलेको नामिबिया २२ अंकसहित सातौँ स्थानमा रहँदा नेदरल्यान्ड्स ३२ अंकका साथ तेस्रो स्थानमा छ। शीर्ष चारमा पुग्ने लक्ष्यमा रहेको नेपालका लागि नामिबियाविरुद्धको खेल निकै महत्वपूर्ण हुनेछ। आजको खेलमा जित हासिल गर्न सके नेपालले अंकतालिकामा आफ्नो स्थान सुधार गर्दै विश्वकप छनोटको सम्भावनालाई थप बलियो बनाउन सक्नेछ।