काठमाडौं, गत भाद्र १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको गेग्रानसहितको भिषण बाढीबाट धनजनको क्षति भएकोमा पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहतलगायत कार्यको लागि कम्पनीले उक्त कोषमा १ करोड ५१ लाख रुपैयाँ रकमको आर्थिक सहयोग गरेको छ । उक्त रकम बराबरको चेक कम्पनीका अध्यक्ष श्रीमती प्रेमा राज्यलक्ष्मी सिंह र प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले एक विशेष कार्यक्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् ।
उक्त अप्रत्यासित घटनामा भएको जनधनको क्षतिले कम्पनी परिवारलाई अत्यन्त दुःखी बनाएको र उद्धार कार्यमा जुट्न कम्पनीका सम्बन्धित कर्मचारीहरू एवं अभिकर्ताहरू सबैमा अनुरोध गरेको छ । यस प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनु भएका सबैको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति नेसनल लाइफ हार्दिक समवेदना प्रकट गर्दछ र साथै घाइतेहरूको शीघ्र स्वास्थ लाभको कामना गर्दछ ।