काठमाडौं, रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार तथा राहतका लागि यती पेन्ट्स नेपालले ११ लाख ११ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । यति पेन्ट्सले प्रधानन्त्री प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गरेको हो ।
भोटेकोशी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, लगायतका जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएपछि प्रभावित नागरिक र समुदायको सहयोगका लागि सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोग गरिएको कम्पनीका अध्यक्ष झलक बहादुर केशीले जानकारी दिए । प्राकृतिक विपत्तीका कारण प्रभावित क्षेत्रमा नागरिकको राहत तथा पुनस्र्थापनाका लागि आर्थिक सहयोग गरिएको अध्यक्ष केसीको भनाइ छ । कम्पनीले विनाशकारी बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जलि तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ ।