काठमाडौं, हुलास ब्रान्डको मातृ कम्पनी दिवाकर गोल्छा अर्गनाइजेसनले रसुवा बाढीबाट प्रभावित परिवारका लागि निर्माण तथा स्थापना गर्न लागिएको अस्थायी पुनर्वास केन्द्रका लागि निर्माण सामग्री सहयोग गर्ने घोषणा गरेको छ । अर्गनाइजेसनले उक्त केन्द्र निर्माणका लागि आवश्यक जस्तापाता तथा पाइप उपलब्ध गराउनेछ ।
बाढीका कारण घर तथा जीविकोपार्जनका साधन गुमाएका परिवारलाई सुरक्षित र सम्मानजनक रूपमा अस्थायी बसोबासको व्यवस्था गर्न अर्गनाइजेसनले सहयोग गर्न लागेको हो । यस सहयोगले तत्कालीन राहतसँगै प्रभावित परिवारको अस्थायी बसोबास व्यवस्थापनमा योगदान पुग्ने अपेक्षा गरिएको छ । अर्गनाइजेसनका निर्देशक हिमांशु गोल्छाले विपद्का बेला समयमै उपलब्ध गराइएको सहयोगले घरबार तथा जीविकोपार्जन गुमाएका परिवारलाई राहत पुग्ने बताए ।
‘संकटको समयमा समयमै गरिएको सहयोगले घर र जीविकोपार्जन गुमाएका परिवारका लागि ठूलो अर्थ राख्न सक्छ । यस्तो कठिन परिस्थितिमा निजी क्षेत्र समुदायको साथमा उभिनुपर्छ भन्ने हाम्रो विश्वास हो,’ गोल्छाले भने । निर्माण गरिने अस्थायी पुनर्वास केन्द्रले तत्कालीन राहत तथा पुनस्र्थापनाका कार्यक्रम अघि बढिरहँदा प्रभावित परिवारलाई सुरक्षित वातावरणमा अस्थायी बसोबासको सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ ।