काठमाडौँ, सामान्यतया हप्तामा एक र बढीमा दुई दिन बस्ने मन्त्रिपरिषद्को बैठक बडादसैँको लामो सार्वजनिक बिदापछि आज बस्दैछ । मंगलबार दिउसो ३ः०० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने गरी बैठक आह्वान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।