काठमाडौं, शेयर बजारमा करेक्सन देखिएको छ । अघिल्लो दिन ३२ दशमलव ६५ अंकले खुम्चिएको शेयर बजार परिसुचक नेप्से साताको साताको दोस्रो कारोबार दिन आज मंगलबार छ दशमलव ६२ अंकले उकालो लागेर दुई हजार छ सय ६४ दशमलव १३ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ४८ अंकले उकालो लागेर चार सय ८३ दशमलव २१ बिन्दुमा चढेको छ । धितोपत्र बजारमा आज तीन सय ४९ वटा कम्पनीहरुको ५७ हजार चार सय ४९ पटकको कारोबारमा एक करोड ५४ लाख २० हजार नौं सय २० कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम पाँच अर्ब ६५ करोड ११ लाख ४२ हजार पाँच सय २३ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये फाईनान्स, लगानी, उत्पादनमुलक र अन्य उपसमुहको सुचक ओरालो लागेको छ भने बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका नौं वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।