काठमाडौं, लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृतमा दिग्विजय सिंघलले जिम्मेवारी पाएका छन् । कम्पनीले प्रमुख सञ्चालन अधिकृत संघललाई निमित्त प्रमुख कार्यकारीमा जिम्मेवारी सुम्पिएको हो ।
कम्पनीका अनुसार मंगलबार बसेको सञ्चालक समितिको बैठकले तीन महिनाका लागि सिंघललाई निमित्त प्रमुख कार्यकारीमा जिम्मेवारी दिएको हो । हिमालयन लाइफ इन्स्योरेन्स र हिमालयन रिइन्स्योरेन्सका प्रवद्र्धक सम्बद्ध सेयर कारोबार मुद्दामा मुछिएपछि तत्कालीन सीइओ निलम्बनमा परेपछि यो कम्पनी गत जेठ २८ गतेदेखि प्रमुख कार्यकारी विहीन रहेको थियो । लामोसमयसम्म कम्पनी प्रमुख कार्यकारी अधिकृत विहीन बन्दा ग्राहकहरुमा राम्रो सन्देश नजाने भन्दै कम्पनीलाई सिंघललाई दोस्रो निर्णय नभएसम्मका लागि निमित्त प्रमुख कार्यकारी अधिकृृतको जिम्मेवारी सुम्पिएको जानकारी दिएको छ ।