काठमाडौं, नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)द्वारा आयोजना भइरहेको नाडा अटो शो २०२६ मा सहभागी सिद्धार्थ बैंक लिमिटेडले सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै विशेष कर्जा योजना सार्वजनिक गरेको छ ।
बैंकले एक्स्पो अवधिभर सवारी साधन खरिदका लागि कर्जा लिने ग्राहकलाई ५.९६ प्रतिशत वार्षिक ब्याजदरमा कर्जा उपलब्ध गराउने जनाएको छ । बैंकका अनुसार उक्त कर्जामा ०.५ प्रतिशत सेवा शुल्क लाग्नेछ । यो विशेष कर्जा योजना २०८३ भदौ ९ गतेदेखि १४ गतेसम्म (२५–३० अगस्ट २०२६) काठमाडौंमा आयोजना भइरहेको नाडा अटो शो २०२६ अवधिमा बुकिङ गरिएका सवारी साधनमा लागू हुनेछ ।
सवारी साधन खरिद गर्न इच्छुक ग्राहकलाई एक्स्पोमा सहभागी भई बैंकको विशेष कर्जा योजनाको लाभ लिन बैंकले आग्रह गरेको छ । प्रतिस्पर्धी ब्याजदरमा सहज र सरल कर्जा सुविधा उपलब्ध गराउने उद्देश्यले ल्याइएको यो योजनाले ग्राहकलाई आफ्नो आवश्यकता र क्षमताअनुसार सवारी साधन खरिद गर्न सहयोग पुग्ने बैंकको विश्वास छ ।
बैंकले एक्स्पोमा सहभागी ग्राहकलाई कर्जा प्रक्रियाका सम्बन्धमा आवश्यक जानकारी तथा सहजीकरणसमेत उपलब्ध गराउने जनाएको छ । सिद्धार्थ बैंकका अनुसार सेवासम्बन्धी थप जानकारीका लागि २४ सै घण्टा सञ्चालनमा रहने ‘सिद्धार्थ केयर’ मा सम्पर्क गर्न सकिने बैंकले जानकारी दिएको छ ।