छैटौं ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’को तयारी पूरा
काठमाडौं । छैटौँ ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । आयोजकले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी आज अर्थात् बिहीबारदेखि आगामी सोमबारसम्म सञ्चालन हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।
‘विश्वभरका कथाहरुको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ ‘निफ’को सम्पूर्ण तयारीका लागि आयोजक टीम तीन महिना अघिदेखि सक्रिय रहँदै आएको बताइएको छ । आयोजकका अनुसार ‘निफ’को उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल’ले गर्नेछन् भने समापन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले गर्नेछन् । महोत्सवमा ५५ देशबाट आएका पाँच सय बढी चलचित्रबाट ३५ देशका ९५ चलचित्र प्रतियोगिताका लागि छनौट गरिएको निफका अध्यक्ष केपी पाठकले जानकारी दिए । छानिएका चलचित्रको प्रदर्शन क्यूएफएक्सद्वारा सञ्चालित चारवटा अत्याधुनिक सिनेमा हलहरु काठमाडौंको सिभिल मल र छायाँ सेन्टर, पुलचोकको लबिङ मल र भक्तपुर राधेराधेको भाटभटेनीमा रहेको हलबाट हुनेछन् ।
छैटौँ निफको ‘ओपनिङ फिल्म’को रुपमा कोरिन शर्मा निर्देशित चलचित्र ‘चरी’ (अप्रतियोगी) प्रदर्शन हुनेछ । त्यसैगरी सिनेमा हलहरुमा टिकट बुकिङ खुला भएको र ‘खल्ती एप’मार्फत टिकट बुकिङ गर्न सकिने बताइएको छ । चलचित्र प्रदर्शनको सेड्युल समेत सार्वजनिक गरिसकिएको आयोजकले जनाएको छ । विगतमा झैँ यस पटक पनि सात विधामा १४ वटा पुरस्कार वितरण गरिने निफका अध्यक्ष पाठकले बताए । प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा छोटा चलचित्र, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रहरुको विधा समावेश छन् । यस पटकको निफमा समेत रचनात्मक कार्यक्रमलाई विशेष महत्व दिइएको छ । चलचित्र क्षेत्र र सम्बन्धित विधाका विज्ञहरुले विभिन्न सेसनमा सहभागिता जनाउने टुंगो समेत लागिसकेको आयोजकले जनाएको छ ।
क्याटेगोरी : मनोरञ्जन
ट्याग : #page 3
ताजा अपडेट
- बजार परिसुचक १९ सय ४९ बिन्दुमा
- विश्वासको मत दिन सक्दैनौँः अध्यक्ष लिङ्देन
- सधैँ राजनीतिक स्थिरता र समृद्धिका पक्षमा छौँ : सभापति देउवा
- एमालेलाई एक्ल्याउने र किनारा लगाउने काम भएको छ– उपाध्यक्ष पौडेल
- ‘राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नु गलत थियो ?
- चियाको पहिलो टिपाइ सुरु
- लक्ष्यअनुसार उठेन विमानस्थल भन्सार राजस्व
- राष्ट्रियसभाका अध्यक्ष र बेलायतका लेबर पार्टीका सांसदबीच भेट
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
तपाईको प्रतिक्रिया