Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकला / संस्कृतिमनोरञ्जन‘नेपालमा चलचित्र पर्यटनको सम्भावना’

‘नेपालमा चलचित्र पर्यटनको सम्भावना’


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले नेपालमा चलचित्र पर्यटनको प्रचुर सम्भावना रहेको बताएका छन् । चलचित्रका माध्यमबाट नेपाली कला र संस्कृतिको लागि विश्वव्यापीकरण गर्न सकिने उनले बताए ।

काठमाडौमा भएको सातौं नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव(निफ) समापन कार्यक्रममा तामाङले निफले नेपाली कला, संस्कृति र पर्यटन प्रवर्द्धनमा ठूलो भुमिका खेलेको बताए । ४० देशका चलचित्रकर्मीहरु सहभागी भएको महोत्सवमा यतिधेरै विदेशी पर्यटकहरु नेपालमा आउनुले नेपालको चलचित्र पर्यटनमा पनि महत्वपूर्ण भूमिका खेलेको उनको भनाई थियो । महोत्सवमा उत्कृष्ट चलचित्रहरुलाई अवर्डा वितरण गरिएको थियो । महोत्सवमा वल्र्ड प्यानारोमा फिचरमा छनौट भएको गौतम बुद्ध फिचर फिल्म अवार्ड भारतको ‘वाइल्ड स्वान’ले जितेको छ । निफको समापनमा निर्माण टिमले ट्रफीसहित १५ सय अमेरिकी डलर प्राप्त गरेको छ ।

अन्तर्राष्ट्रिय डकुमेन्ट्रीतर्फ ‘लभ लाइट’ले ‘माउन्ट एभरेस्ट’ अवार्ड जितेको छ । त्यस्तै, ‘आइ प्रमिस यू प्याराडाइज’ले उत्कृष्ट अन्तर्राष्ट्रिय लघु फिल्मको विधामा बागमति अवार्ड जितेको छ भने ‘द ट्रेकर, द वुल्फ एण्ड द मंकी किङ्ग’ले जुरी स्पेशल मेन्सन अवार्ड जितेको आयोजकले जनाएको छ । ९४ मिनेटको यो फिल्म चीनबाट महोत्सवमा सहभागि बनेको थियो । डन किहोटे उत्कृष्ट अन्तर्राष्ट्रिय अवार्ड भने ‘लाजरस पाथ’ले पायो । उत्कृष्ट राष्ट्रिय लघु फिल्म ‘एट एनोदर विन्टर’ले जितेको छ भने ‘ऐके शेर्पा उत्कृष्ट डकुमेन्ट्री’तर्फ इनुमा राईले अवार्ड उचालिन् ।

नेपाली फिचर फिल्म ‘बुलाकी’ले उत्कृष्ट राष्ट्रिय फिचर फिल्मतर्फ अवार्ड उचाल्दा यही फिल्मबाट लक्षमण सुनारले उत्कृष्ट निर्देशक र अभिनेत्री सुरक्षा पन्तले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन् । राष्ट्रिय लघु फिल्म र डकुमेन्ट्रीतर्फको अडियन्स चोइस अवार्ड ‘अर्केस्ट्रा’बाट निर्देशक सफल पाण्डेले जितेको छ भने फिचर फिल्मतर्फको अडियन्स चोइस अवार्ड ‘पखेटा’ले जित्यो । राजेश श्रेष्ठ र संकल्प भुजेलले ‘एक भागवत एक गीता’बाट उत्कृष्ट सिनिमेटोग्राफीतर्फ अवार्ड उचाल्दा उत्कृष्ट अभिनेतामा भने विपिन कार्कीले सोही चलचित्रबाट अवार्ड प्राप्त गरे । फिचर फिल्मबाटै उत्कृष्ट पटकथातर्फ ‘डेसान’ले अवार्ड पायो । हरेक वर्ष नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव आयोजना हुँदे आएको छ ।


क्याटेगोरी : मनोरञ्जन
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया