‘ऐना झ्यालको पुतली’ उत्कृष्ट फिल्म
काठमाडौं । चैत २ देखि सुरु भएको छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) नेपाली फिल्मतर्फ ‘ऐना झ्यालको पुतली’लाई उत्कृष्ट घोषणा गर्दै सम्पन्न भएको छ । नेपाली फिल्मतर्फ चलचित्र प्रकासबाट प्रदिप खड्का र दिया मास्के उत्कृष्ट अभिनेता तथा अभिनेत्री घोषित भएका छन् ।
समापन कार्यक्रममा संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले चलचित्रले डिप्लोम्यासी रोल गर्ने बताए । उनले निफलाई सक्दो सहयोग गर्ने वचन समेत दिए । समापन कार्यक्रममा अभिनेत्री गौरी मल्ल, प्रियंका कार्की, नम्रता श्रेष्ठ चलचित्रकर्मीहरु प्रकाश सायमी, प्रदिप कार्की तथा धेरै नाम चलेका चलचित्रकर्मीको उपस्थिति थियो ।
निफका अध्धयक्ष केपी पाठकले निफ सफलताको कथा सुनाएका थिए । उनले आगामी निफ अझ सशक्त रुपमा सम्पन्न गर्ने बताएका थिए । ३५ देशका ९५ प्रतियोगी चलचित्र प्रतियोगी रहेको फेस्टिभलमा विभिन्न विधामा १३ अवार्ड प्रदान गरिएको थियो । पाँच दिनसम्म चलेको निफमा नौवटा सेसन र तीनवटा मास्टर क्लास सम्पन्न भएका थिए । प्रो.डा. इतामी ब्रोजन (क्रोसिया), प्रेमेन्द्र मजुमदार (भारत) र लि. रान (चाइना)ले मास्टर्स क्लास सञ्चालन गरेका थिए ।
क्याटेगोरी : मनोरञ्जन
ट्याग : #page 3
ताजा अपडेट
- तराईमा उखरमाउलो गर्मी, मजदुरीदेखि पढाइसम्म प्रभावित
- संसद्को रेकर्डबाट कस्तो अभिव्यक्ति हटाइन्छ, ‘असंसदीय शब्द’ के हो ?
- प्रचण्डको भ्रमणपछि नेपाल-भारत सम्बन्धमा अविश्वास बढ्यो कि घट्यो?
- गरिब देशका नर्सहरूको पलायन ‘नियन्त्रणबाहिर’
- चर्च ब्वाइजलाई ए डिभिजन लिगको डेब्यु खेलमै उपाधि
- संसद् बैठक सुरू नभएपछि निराश हुँदै फर्किए विद्यार्थी
- अझै भेटिएनन् सुनकोशीमा बेपत्ता कर्मचारी
- ग्राहकको गोपनीयतामाथि संवेदनशील छौँ : नेपाल टेलिकम
धेरैले पढेको
- कृत्रिम गर्भाधानमा खुलेआम अवैध भारतीय लगानी !
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया