Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकला / संस्कृतिफेसन‘ग्लो टु ग्लो’बाट पाँच सय १५ जना आर्टिस्ट प्रशिक्षित

‘ग्लो टु ग्लो’बाट पाँच सय १५ जना आर्टिस्ट प्रशिक्षित


काठमाडौं । सौन्दर्य व्यवस्था प्रवर्द्धन एवं उद्यमशीलताको विकास गरी महिलालाई स्वरोजगार बनाउने उद्देश्यले ग्लो टु ग्लोः दि ब्युटी स्टुडियोले नेपाल र दुबईमा एक वर्षमा पाँच सय १५ जनालाई दीक्षित गरेको छ । ग्लो टु ग्लोले काठमाडौंमा आयोजना गरेको छैठौँ फेयरबेल समारोहमा सौन्दर्यसम्बन्धी डिप्लोमा र मास्टर्स तहको कोर्ष पूरा गर्ने विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरेको हो । नेपालमा अध्ययन गर्ने चार सय आठ जना र दुबईमा अध्ययन गर्ने एक सय सात जना आर्टिस्टलाई सम्मान गरिएको हो । ग्लो टु ग्लोः दी ब्युटी स्टुडियोकी प्रबन्ध निर्देशक बिनिता शाहले मेकअप, हेयर डिजाइन, नेलआर्टसम्बन्धी तालिम एवं अध्ययन पूरा गरेका आर्टिस्टलाई व्यावसायिक क्षमता अभिवृद्धि गरी प्रमाणपत्र प्रदान गरिएको बताइन् । उनले महिला सौन्दर्य व्यवसायकै माध्यमबाट अब्बल बनाउने लक्ष्यका साथ क्षमता विकास गरिने र फरक ढंगको व्यवसायप्रति उत्प्रेरणा जगाउने काम गरिएको बताइन् ।


क्याटेगोरी : फेसन
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया