काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा १५ औँ संस्करणको नाडा अटो सो सुरु भएको छ । राजधानीको भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको ‘नाडा अटो सो–२०२३’ को अर्थमन्त्री डा प्रकाशशरण महतले उद्घाटन गरेका थिए ।
कार्यक्रममा अर्थमन्त्री महतले सरकारले गरेका प्रयासहरूको प्रभावले अर्थतन्त्रभित्र देखिएको शिथिलता हट्दै गएको बताए । आर्थिक गतिविधि चलायमान हुँदै गएको उल्लेख गर्दै उनले पर्यटन आगमनमा समेत वृद्धि भएको बताए । यस्तै, उनले अटोमोबाइल क्षेत्र समेत चलायमान हुन लागेको बताए । मन्त्री महतले सरकारको सहज नीतिका कारण पछिल्लो समय विद्युतीय सवारीको प्रयोग बढ्दो क्रममा रहेको बताए ।
उद्योगी व्यवसायीले मुलुकभित्रै सवारी उत्पादन तथा एसेम्बलिङ गर्न पनि मन्त्रीले सुझाव दिएका छन् । कार्यक्रममा नाडाका अध्यक्ष ध्रुव थापाले सरकारले गाडी आयातमा प्रतिबन्ध लगाएपछि गत नाडा अटो सो आयोजना गर्न नसकिएको बताए । यद्यपि नाडा ईभी सोको भने आयोजना गरिएको उनले जानकारी दिए । कार्यक्रममा थापाले सरकारले विद्युतीय गाडीमा कर बढाएर आफ्नै नीतिविपरीत कार्य गरेको आरोप लगाए ।
कोभिड–१९ को कारण तीन वर्षपछि हुन लागेको यस नाडा अटो सोमा ४५ ब्राण्डका सवारी प्रदर्शनमा राखिएका छन् । १६ वटा ब्राण्डका चार पाङ्ग्रे, २२ वटा ब्राण्डका दुई पाङ्ग्रे र सात वटा ब्राण्डका लाइट कमर्सियल गरी ४५ ब्राण्डका सवारी प्रदर्शनीमा राखिएको आयोजकले जनाएको छ । यस्तै, प्रदर्शनीमा नौ वटा वित्तीय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्टपुर्जा एवम् ग्यारेज उपकरण कम्पनीहरूको पनि सहभागिता रहेको छ । नाडाका अनुसार प्रदर्शनीमा एक सय २० वटा स्टल र ब्लकहरू रहेका छन् । यस्तै, प्रदर्शनीलाई बढी जानकारीमूलक, सेवामूलक र ग्राहकमुखी बनाउन अटोसम्बन्धी सेवा सुविधा दिने वित्तीय सेवा, बिक्रीपछिका सेवालगायतका छुट्टाछुट्टै स्टलहरू रहेका छन् ।
यस्तै, ट्राफिक नियम तथा सडक सुरक्षासम्बन्धी व्यापक सुसूचित गराउने उद्देश्यका साथ महानगरीय ट्राफिक प्रहरी महाशाखा, काडमाडौंको सूचना–कक्ष समेत प्रदर्शनीमा रहेको छ । छ दिनसम्म चल्ने प्रदर्शनीमा ७५ हजारले अवलोकन गर्ने आयोजकको विश्वास छ । यस्तै, यस वर्ष कुजु नेपाल प्रालिको प्रायोजनमा नाडाले याडिया ई ८ एस प्रो इलेक्ट्रिक स्कुटर टिकटको लक्की ड्र गरी भाग्यशाली एक जना आगन्तुकलाई उपहार दिने व्यवस्था समेत गरेको छ ।
क्याटेगोरी : अटो बजार, कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया