नेपाली युवा उद्यमी मञ्चको वार्षिकोत्सव
काठमाडौं । नेपाली युवा उद्यमी मञ्चले आफ्नो २० औँ वार्षिकोत्सव मनाएको छ । नेपालभर युवा उद्यमशीलता प्रवर्द्धनमा दुई दशक समर्पित रहेको दाबी गर्ने मञ्चले वार्षिकोत्सव मनाएको हो । २००३ मा नेपालमा द्वन्दकाल चलिरहेको बेला उद्यमी गौरव अग्रवालको अध्यक्षतामा पाँच युवा उद्यमीद्वारा मञ्चको स्थापना गरिएको थियो ।
मञ्चले देशभरका युवा उद्यमीहरूको उद्यमशील परिदृश्यलाई आकार दिन महत्वपूर्ण भूमिका खेल्दै आएको छ । मञ्चले उद्यमीहरूलाई सशक्तीकरण गर्न र महत्वाकांक्षी उद्यमीहरूलाई फस्टाउन र सफल हुन प्लेटफर्म पनि प्रदान गर्दै आएको छ । मञ्चले २० वर्षको अवधिमा युवा सशक्तीकरण, नीति एड्भोकेसी, मेन्टरसीप कार्यक्रम, च्याप्टर विस्तार, उद्यमशीलता शिक्षा, मेड इन नेपाल अभियानलगायतका कार्यक्रम सञ्चालन गरेको छ । मञ्चले युवा उद्यमीहरूलाई सशक्तीकरण गर्न उद्यमशीलता र आर्थिक वृद्धिको लागि अनुकूल वातावरण सिर्जना गरी, नीति सुधारको वकालत गर्दै आएको छ । यस्तै, उद्धमशीलता सिक्न इच्छुक विद्यार्थीसँग अनुभवी व्यवसायीलाई जोड्दै, धेरै मेन्टरसिप कार्यक्रम समेत आयोजना गरेको जनाएको छ । मञ्चकी अध्यक्ष सुश्री सहारा जोशीले नेपाली युवा उद्यमीहरूको आगामी पुस्तालाई सशक्तीकरण गर्ने प्रतिबद्धतालाई सुदृढ पार्न तत्पर रहेको बताइन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहाकार रहिबल गजुरेलद्वारा राजिनामा
- एनसेल खरिदबिक्री सम्बन्धमा समितिले थाल्यो अध्ययन
- अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
- देशमा सुशासन कायम गर्न शान्ति समाजको जोड
- इजरायल र हमासबीच पुनः युद्धविरामका लागि प्रयास जारी रहेको कतारको भनाइ
- संसदीय सुनुवाइमा उजुरीकर्ता उपस्थित
- नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने अनुसन्धान अधिकृत बस्नेतविरुद्ध मुद्दा दर्ता
- विमानको आपतकालीन झ्यालको सिसा खस्यो
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया