Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगस्टिल्केसको प्रमुख डिलर सोरूम काठमाडौंमा

स्टिल्केसको प्रमुख डिलर सोरूम काठमाडौंमा


काठमाडौं । फर्निसिङ कम्पनी स्टिल्केसले आफ्नो प्रमुख डिलर सोरूम काठमाडौंमा खोलेको छ । एसिया तथा सार्क क्षेत्रमा आफ्नो कम्पनी विस्तार गर्ने क्रममा फ्युजनसँगको साझेदारीमा स्टिल्केसले माइतीघरमा नयाँ सोरुम सञ्चालनमा ल्याएको हो ।

सो सोरुममा विभिन्न फर्निसिङ ब्रान्डहरूको प्रदर्शन गरिएको छ । नयाँ सोरुमले स्थानीय तथा अन्तर्राष्ट्रिय व्यवसायमाझ स्टिल्केसको भारत तथा विश्वव्यापीरूपमा उत्पादन गरिएका फर्निचरहरूको पहुँच पु-याउने बताइएको छ । नयाँ तीनतले सोरूममा स्टिलकेसको अफिस चेयर र फर्निचरको नवीन र व्यापक कलेक्सनको प्रदर्शन गरिएको छ ।

यस्तै, प्रसिद्ध चेयरहरू थिंक, जेस्चर, र पर्सनालिटी प्लससहित वर्कस्टेसनहरू पनि सोरूममा प्रदर्शन गरिएको छ । प्रदर्शनमा केही सहायक संकलनहरूको चयन गरिएको कम्पनीले जनाएको छ, जुन कम्पनीकै उत्कृष्ट ब्रान्डहरू हुन् । फ्युजनका संस्थापक हितेश गोल्छाले स्टिलकेससँगको साझेदारीले नेपाली कार्यालयहरूलाई अझ व्यवस्थित बनाउन सहयोग गर्ने बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया