Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकर्णाली प्रदेशकै पहिलो चार तारे होटल

कर्णाली प्रदेशकै पहिलो चार तारे होटल


काठमाडौं । सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापनमा सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालन भइरहेको ‘सिद्धार्थ होटल’ कर्णाली प्रदेशकै पहिलो चार तारे होटल बनेको छ । पर्यटन विभागले वीरेन्द्रनगरमा रहेको सिद्धार्थ होटललाई चार तारा होटलमा स्तर वर्गीकरण गरेको हो ।

सिद्धार्थ होटललाई पर्यटन ऐन, २०३५ तथा होटल, लज, रेस्टुराँ, तथा रिजर्ट, बार तथा पथप्रदर्शक नियमावली, २०३८ मा व्यवस्था भएअनुसार चार तारा होटलमा स्तर वर्गीकरण गरी यो इजाजतपत्र दिइएको छ,’ विभागले भनेको छ । होटलले यसअघि खाद्य व्यवस्था तथा गुणस्तर विभागबाट अतिउत्तम वर्गको समेत वर्गीकरण पाएको थियो । कर्णाली प्रदेशकै सुविधासम्पन्न उक्त होटलमा चार स्विट, ४५ डिलक्स र १५ वटा स्ट्यान्डर्ड प्रकृतिका कोठा रहेका छन् । साथै, चार वटा कन्फ्रेन्स हल, छ सय जनाभन्दा बढी क्षमताको ब्यांक्वेट हल, पुल बार रेस्टुरेन्ट समेत रहेको छ । यस्तै, फिटनेस क्लब, स्पा, साउना, स्टिम, जिम, स्विमिङ पुल, ब्युटी पार्लरलगायतका सुविधा समेत होटलमा समावेश छन् ।

विसं २०७२ देखि सञ्चालनमा आएको यस होटलमा ७० जनाले प्रत्यक्ष रोजगारी पाइरहेको क्षेत्रीय निर्देशक केशव न्यौपानेले जनाएका छन् । २६ वर्षअघि टिकापुरबाट व्यवसाय सुरू भएको सिद्धार्थ हस्पिटालिटीले हाल लक्जरी रिसोर्ट, पाँच तारे होटल र विभिन्न स्ट्यान्डर्डका होटल तथा क्याफे गरी देशैभर सेबा सञ्चालन गरिरहेको छ । पूर्वमा बिर्तामोडदेखि पश्चिममा महेन्द्रनगरसम्म फैलिएको यस हस्पिटालिटीले दुई हजारभन्दा बढी जनशक्तिलाई प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा रोजगारी दिँदै आएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया