Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘ग्रिल तथा स्टिलजन्य व्यवसायको प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध’

‘ग्रिल तथा स्टिलजन्य व्यवसायको प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध’


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले देशका विभिन्न परियोजना र पूर्वाधार निर्माणसँग प्रत्यक्ष जोडिएको ग्रिल तथा स्टिलजन्य व्यवसायको प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपालको २९औँ स्थापना दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा उनले देशको आर्थिक विकासका लागि ग्रिल तथा स्टिलजन्य व्यवसाय अपरिहार्य भएको समेत बताए । यस क्षेत्रको प्रवर्द्धन गर्न सके मात्रै देशको आर्थिक विकासमा योगदान पुग्न सक्ने उनको भनाइ थियो । पूर्वाधारको विकास नभएसम्म देशको आर्थिक विकास नहुने भन्दै उनले ग्रिल तथा स्टिल उद्योगहरूको संरक्षण र प्रवद्र्धनका लागि सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे । बढ्दो सहरीकरणले आधुनिक भवन र पूर्वाधार निर्माण कार्य तीव्ररूपमा भइरहेकाले यस क्षेत्रको भविष्य उज्वल रहेको उनले बताए । निराश र बिचलित नभई व्यवसाय सञ्चालन गर्न उनले आग्रह समेत गरे ।

कार्यक्रममा महासंघका अध्यक्ष ठूलोबाबु श्रेष्ठले व्यवसायीहरूका तर्फबाट गर्नुपर्ने सुधारहरू तथा मापदण्ड पु¥याउँदा पनि नेपाल सरकारले व्यवसाय दर्ता गर्न आनकानी गर्न थालेको गुनासो गरे । व्यवसाय दर्ताको कानुनी तथा व्यावहारिक उपचारको खोजी गर्न प्रधानमन्त्री, सभामुख, अर्थमन्त्री, उद्योगमन्त्री, ऊर्जा तथा जलस्रोत मन्त्रीलगायतलाई सात बुँदे ज्ञापनपत्र समेत बुझाएको उनले जानकारी दिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया