Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमहिला चेम्बरद्वारा संस्थापक अध्यक्ष शाक्यलाई सम्मान

महिला चेम्बरद्वारा संस्थापक अध्यक्ष शाक्यलाई सम्मान


काठमाडौं । नेपाल महिला चेम्बरले संस्थापक अध्यक्ष डा अञ्जान शाक्यलाई सम्मान गरेको छ । राष्ट्रियसभा सदस्यमा मनोनित डा शाक्यलाई महिला चेम्बरले सम्मान गरेको हो । डा शाक्य महिला चेम्बरकी संस्थापक अध्यक्ष हुन् ।

महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ, चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल एवं चेम्बर सल्लाहकार परिषद्का अध्यक्ष राजेशकाजी श्रेष्ठले डा शाक्यलाई संयुक्तरूपमा सम्मान गरेका थिए । महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले डा शाक्यलाई राष्ट्रियसभाबाट महिला सशक्तीकरणको मुद्दा उठाउन आग्रह गरिन् । महिलाको उद्यमशीलता विकासका लागि कानुनी र संरचनागत सुधारको आवश्यक्ता रहेको अध्यक्ष श्रेष्ठको भनाइ छ । अध्यक्ष श्रेष्ठले महिला चेम्बर अभियान र महिला उद्यमशीलता विकासमा डा शाक्यको भूमिकाको प्रशंसा समेत गरिन् । चेम्बर अध्यक्ष कमलेश अग्रवालले राष्ट्रियसभामा निजी क्षेत्रको आवाज उठाउन डा शाक्यलाई सुझाव दिए ।

महिला चेम्बरमार्फत महिला उद्यमशीलता एवं सशक्तीकरणका लागि चेम्बरले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको अध्यक्ष अग्रवालको भनाइ छ । सम्मान कार्यक्रममा चेम्बर सल्लाहकार परिषद्का अध्यक्ष राजेशकाजी श्रेष्ठले महिला चेम्बरकी संस्थापक अध्यक्ष डा शाक्यले राष्ट्रियसभामा निजी क्षेत्रबाट प्रतिनिधत्व गर्नु गौरवको विषय भएको बताए । कार्यक्रममा डा शाक्यले महिला सशक्तीकरणका लागि आफूले निरन्तर पहल गर्ने बताइन् । मुलुकको आर्थिक विकासका लागि आफूले निरन्तर पहल गर्ने उनको प्रतिबद्धता थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया