Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगशाओमीद्वारा नेपालमा मी पोर्टेबल ब्लुटुथ स्पिकर १६ डब्लु र मी स्मार्ट ब्यान्ड सार्वजनिक

शाओमीद्वारा नेपालमा मी पोर्टेबल ब्लुटुथ स्पिकर १६ डब्लु र मी स्मार्ट ब्यान्ड सार्वजनिक


काठमाडौं ।
शाओमीले मी पोर्टेबल ब्लुटुथ स्पिकर १६ वाट र स्मार्ट ब्यान्ड ६ नेपालमा सार्वजनिक गरेको छ । अडियो लाइनअपको लागि नयाँ थप गरिएको मी पोर्टेबल ब्लुटुथ स्पिकर (१६ वाट) नेपाली श्रोताहरुलाई विशिष्ट र शक्तिशाली आउट इस्ट्यानडिङ पावरफुल सराउण्ड साउण्ड प्रस्ताव गर्नको लागि विशेष रुपमा डिजाइन गरिएको कम्पनीले जनाएको छ ।

यस्तै स्मार्ट ब्यान्ड ६ ब्रान्ड वेरेबल लाइनअपमा पछिल्लो थप हो जुन स्मार्टफोन एक्स एलोट स्ट्राटेजीमा निर्मित छ । यो एड्भान्स हेल्थ ट्रयाकिङ फिचर्सहरुले सुसज्जित छ, जस्तै एसपीजिरो २ ट्रयाकिङ्ग जसले प्रयोगकर्ताहरुलाई उनीहरुको ब्लड अक्सिजन लेभल, मुटुको दर ट्रयाकिङ र स्लिप ट्रयाक गर्न मद्दत गर्दछ ।

मी पोर्टेबल ब्लुटुथ स्पिकर (१६ वाट)  पूर्ण फुल साउन्ड एक्पेरियन्सका लागि मी पोर्टेबल ब्लुटुथ स्पिकर (१६ वाट) उत्कृष्ट र शक्तिशाली सराउन्ड साउन्ड प्रस्ताव गर्नको लागि डिजाइन गरिएको छ । एक कम्प्याक्ट डिजाइन र बेस्ट–इन–क्लास फिचरहरु प्रस्तुत गर्दै यो उपकरणले कम्प्लिट साउन्ड एक्सपेरियन्सका लागि हाई क्वालिटी साउन्ड, डिपर बास, क्लियर र रिच भोकलको प्रदान गर्दछ ।

मी पोर्टेबल ब्लुटुथ स्पिकर (१६ वाट)–अडियो अन द फ्लाई
सुन्दर ढंगले निर्माण गरिएको १६ वाट मी पोर्टेबल ब्लुटुथ स्पिकरमा (१६ वाट) सबै दिशामा एक उत्कृष्ट उच्च–गुणवत्ता ध्वनि उत्पादन सुनिश्चित गर्न ट्विन ८डब्लु एक्स२ फुल रेन्ज ड्राइभर छ । एक स्टाइलिस भाइभ्रेन्ट मेस र ट्रेन्डी डिजाइन भएको स्पिकर एन्टी स्लिप प्याडिङको साथ आउँछ, जसले उपकरणलाई उपयोगी बनाउँछ । साथै यसमा स्ट्रङ ग्रिप छ जसले एक्सिडेन्टल स्लिपको जोखिमलाई कम गर्न मद्दत गर्दछ ।

असाधारण अडियो अनुभवको प्रतिज्ञाका साथ कम्प्याक्ट स्पिकर डुअल ध्वनि मोडको साथ आउँछ । मी पोर्टेबल ब्लुटुथ स्पिकर(१६ वाट) लाई उत्तम स्टेरियो एकसपेरियन्सको लागि टीडब्लुएस मोडमा एउटै कोठामा जडान गर्न पनि सकिन्छ । सबै घर पार्टीहरु, वर्कआउट सेसन र एड्भेन्चर ट्रिपहरुको लागि एक आदर्श उत्पादन भएको यो साउन्ड सिग्नेचर एक शक्तिशाली, प्रिमियम र फुलफिलिङ्ग प्रडक्ट हो ।

कम्पनीका अनुसार मी पोर्टेबल ब्लुटुथ स्पिकर २६०० एमएएच ब्याट्री लाइफको साथ आउँदछ, जुन १३ घण्टासम्म चल्दछ । यसको आईपीएक्स७ वाटरप्रुफको रेटिङ्ग छ । यसलाई अधिकतम एक मिटरको गहिराइमा ३० मिनेटको लागि पानीमुनि डुबाउन सकिन्छ । यसमा कलहरु उठाउनको लागि बिल्ट इन माइव्रmोफोन छ र साथै भोइस एसिस्ट्यान्ट पनि छ । साथै यसले सबै दिशाहरुमा उत्कृष्ट उच्च–गुणवत्ता साउन्ड आउटपुट सुनिश्चित गर्न मद्दत गर्दछ ।

मी स्मार्ट ब्यान्ड ६ : एक कदम अगाडि, १.५६ इन्च स्टनिङ पूर्ण स्क्रिन डिस्प्ले : फंक्सनल शैलीमा निर्मित अल न्यू मी स्मार्ट ब्यान्ड ६ एक स्टनिङ १.५६ इन्चको ठूलो पूर्ण स्क्रिन एमोलेड टच डिस्प्लेको साथ अपग्रेड गरिएको छ । युनिक रनिङ ट्रयाक आकारको स्क्रिनले ३२६ पीपीआई क्रिस्टल–क्लियर रेजोलुसन र यसको प्रिडिसेसरभन्दा ५० प्रतिशत बढी स्क्रिन प्रदान गर्दछ । यसमा ६० वटाभन्दा बढी थिम्सका साथ कस्टोमाइजेबल ब्यान्ड फेसेज छन्, जसले प्रयोगकर्ताहरुलाई खेल खेल्न र उनीहरुको दैनिक शैलीको लागि पर्सनलाइज गर्न मद्दत गर्दछ ।

व्यायाम मोडहरुको विस्तृत विकल्प : कोरमा फिटनेस ट्रयाकरको साथ डिजाइन गरिएको मी स्मार्ट ब्यान्ड ६ मा ३० वटा रमाइलो र चुनौतीपूर्ण कसरत प्रकारहरु समावेश गरेर यसको फिटनेस मोड अप्टन्सहरुमा परिवर्तन ल्याइएको छ । प्रयोगकर्ताहरुले आफू रमाउनका लागि स्ट्रेचिंग र एचआइआइटी जस्तै अधिक इनडोर प्रशिक्षण, जिम्न्यास्टिक जस्ता प्रोफेसनल खेलहरु प्रयास गर्न सक्छन् वा रमाइलो गतिविधिहरुजस्तै जुम्बा र सडक नृत्यको प्रदर्शन पनि गर्न सक्छन् । यसले छवटा साधारण फिटनेसको लागि अटो–डिटेक्सनको पनि प्रदान गर्दछ, जसमा दिनभरको गतिविधि र कुञ्जी तथ्यांक सुनिश्चित गर्न कि स्ट्याट्सहरु रेकर्ड गरिएको हुन्छ ।

सबै समावेशी स्वास्थ्य ट्रयाकिङ्ग सुविधाहरु ः मी स्मार्ट ब्यान्ड ६ ले मानिसको दैनिक डे टु डे लाइफको स्वास्थ्य ट्र्याकिङ्गलाई इन्होसेन्ड हेल्थ मनिटरिङ सुविधाहरुको मद्दतले एकदम गम्भीर रुपले लिन्छ । यसको नयाँ संस्करणले एसपीओ२ मापन, एक्युरेट हर्ट रेट मनिटरिङ्गका साथ साथै इन्होसेन्ड स्लिप ट्रयाकिङ्गलाई मनिटर गर्छ जसले स्लिपलाई मनिटर, स्लिप साइकल सहित आरइएम स्लिप र स्लिप ब्रेदिङ क्वालिटीलाई पनि मापन गर्दछ ।

यो प्रडक्ट तनाव अनुगमन, डिप ब्रेदिंग गाइडेन्स फंक्सनका साथ साथै महिला स्वास्थ्य ट्र्याकिङ्गको साथ पनि आउँछ जसले प्रयोगकर्ताहरुलाई उनीहरुको शरीर र जीवनशैलीमा विस्तृत स्वास्थ्य अन्तदृष्टिको प्रदान गर्दछ ।

मी स्मार्ट ब्यान्ड ६ ले १४ दिनको ब्याट्री लाइफ र क्वीक क्लिप अन र क्लिप अफ चार्जिङ्गको लागि एक उपयोगी चुम्बकीय पोर्टको प्रदान गर्दछ । ५ एटीएम पानी प्रतिरोधको क्षमताको साथ प्रमाणित मी स्मार्ट ब्यान्ड ६ लाई पौडी खेल्ने, स्नोरकलिङ्ग र नुहाउने बेला पनि लगाउन सकिन्छ ।

यो उपकरण ६ वटा जीवन्त रंगहरुको साथ नरम र आरामदायक स्ट्रापहरुमा उपलब्ध छ । कम्पनीका अनुसार मी पोर्टेबल ब्लुटुथ स्पिकर(१६ वाट) कालो र नीलो रङ्गको भेरियन्टमा नेपाली पाँच हजार चार सय ९९ रुपैयाँमा उपलब्ध हुनेछ । यस्तै मी स्मार्ट ब्यान्ड छ कालो रंग नेपाली पाँच हजार नौ सय ९९ रुपैयाँमा उपलब्ध हुनेछ ।

 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया