Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटेलिकमको ब्यालेन्स ट्रान्सफर, रिचार्ज तथा गिफ्ट प्याकेज

टेलिकमको ब्यालेन्स ट्रान्सफर, रिचार्ज तथा गिफ्ट प्याकेज


काठमाडौं ।
नेपाल टेलिकमले ग्राहकहरुलाई निषेधाज्ञाको समयमा पनि सहज रुपमा उपयोग गर्नसक्ने ब्यालेन्स ट्रान्सफर, रिचार्ज तथा गिफ्ट प्याकेजहरु उपलब्ध गराउँदै आएको छ । निषेधाज्ञाको समयमा घरमै बसी ‘वर्क फ्रम होम’, अनलाइन क्लास, वेबिनारजस्ता क्रियाकलापमा संलग्न हुनुपर्ने ग्राहकका लागि कम्पनीले विभिन्न तरिकाले सुविधाहरु निरन्तर उपलब्ध गराएको हो । कम्पनीले भौतिक दूरी कायम गर्नुपर्ने हालको अवस्थामा एक अर्काबीच गिफ्टको रुपमा पनि केही सेवाहरु उपलब्ध गर्न/गराउन सकिने सेवाहरु सञ्चालनमा ल्याएको छ ।

ब्यालेन्स ट्रान्सफर : नेपाल टेलिकम एपमा उपलब्ध ‘ब्यालेन्स ट्रान्सफर’ अप्सनबाट त्यहाँ दिइएको निर्देशनअनुसार ब्यालेन्स ट्रान्सफर गर्न सकिन्छ । प्रिपेड मोबाइल प्रयोगकर्ताले स्टार ४२२ स्टार सेक्युरिटी कोड स्टार मोबाइल नम्बर स्टार पठाउनुपर्ने रुपैयाँ ह्याक्स डायल गरेर पनि ब्यालेन्स ट्रान्सफर गर्न सकिन्छ ।

सेक्युरिटी कोड प्राप्त गर्नका लागि आफ्नो मोबाइलबाट एसकोड लेखेर १४१५ मा एसएमएस गर्न सकिन्छ । यहाँ ब्यालेन्स ट्रान्सफर गर्नुपर्ने मोबाइल नम्बर र त्यसपछि आफूले पठाउन चाहेको रकम (रुपैयाँमा) उल्लेख गर्नुपर्छ । यस प्रक्रियामा प्रिपेड मोबाइलमा भएको ब्यालेन्स प्रिपेड वा पोस्टपेड दुवैमा ट्रान्सफर गर्न सकिन्छ ।

रिचार्ज कार्डको प्रयोग : बजारमा उपलब्ध रिचार्ज कार्डको प्रयोग गरेर आफ्नो मोबाइलमा रिचार्ज गर्न स्टार ४१२ स्टार पिन नम्बर ह्याक्स डायल गर्न सकिन्छ । यसैगरी अरु मोबाइलमा वा नेपाल टेलिकमका अरु सेवाहरु रिचार्ज गर्नुपरेमा स्टार ४१२ ह्याक्स डायल गरी त्यहाँ दिइएको निर्देशनबमोजिम गर्नुपर्दछ ।

गिफ्ट प्याकेज : नेपाल टेलिकमका सुलभ दरका भ्वाइस तथा डाटा सेवाहरु उपहारस्वरुप आफन्त वा साथीभाइलाई प्रदान गर्न सकिने सुविधा पनि उपलब्ध छ । यसअन्तर्गत निश्चित दिनका लागि भ्वाइस वा डाटा सेवा उपहारका रुपमा प्रदान गर्न सकिन्छ । टेलिकम एपमार्फत गिफ्ट प्रदान गर्नका लागि त्यसमा भएको ‘गिफ्ट प्याकेजेज’मा क्लिक गर्नुपर्छ ।

विभिन्न दरका डाटा र भ्वाइस प्याकेजको सूची हेरेर ‘डाटा’ लेखिएको एपमा गई कति एमबीको डाटा उपहार दिने हो निश्चित गर्नुपर्छ र ‘क्लिक टु सब्सक्राइब’ लेखिएको स्थानमा क्लिक गरी गिफ्ट दिन चाहेको मोबाइल नम्बर लेखी ‘ओके’ गर्नुपर्छ । यसैगरी ‘भ्वाइस’ क्लिक गरी भ्वाइस प्याकेज गिफ्ट दिन सकिन्छ ।

यसैगरी अफर डट एनटीसी ‘डट नेट डट एनपी’मा गएर पनि रोजिएका प्याकेजहरु साथीभाइ र आफन्तलाई उपहारका रुपमा प्रदान गर्न सकिन्छ । यसरी गिफ्ट दिँदा गिफ्ट दिने व्यक्तिकै मोबाइलबाट ब्यालेन्स रकम काटिन्छ ।

मोबाइल बैंकिङ : हाल अधिकांश बैंकहरुले मोबाइल बैंकिङ सेवा उपलब्ध गराएका छन् । मोबाइल बैंकिङबाट जुनसुकै नम्बरमा टपअप गर्न र ब्यालेन्स ट्रान्सफर गर्न सकिन्छ ।

अनलाइन रिचार्ज : बजारमा किनेको रिचार्ज कार्डबाट आफन्त वा साथीभाइको नम्बरमा ब्यालेन्स पठाउनु परेमा नेपाल टेलिकमको साइटमा उपलब्ध अनलाइन रिचार्ज पोर्टलको प्रयोग गर्न सकिन्छ । यसका लागि रिचार्ज कार्डको पिन नम्बर, सिरियल नम्बर र रिचार्ज गर्नुपर्ने मोबाइल नम्बर आवश्यक हुन्छ । यसका लागि एनटीसी डट नेट डट एनपी/रिचार्ज लिंकको प्रयोग गर्नुपर्दछ । यही लिंकमार्फत आफूसँग रहेको मास्टर कार्ड, एटीएम कार्ड, भिसा र युनियन पेजस्ता कार्ड प्रयोग गरेर पनि आफ्नो वा आफन्तको मोबाइलमा रिचार्ज गर्न र बिल तिर्न सकिन्छ ।

विभिन्न डिजिटल वालेटको प्रयोग : नेपाल वा नेपालबाहिरबाट समेत विभिन्न एपको प्रयोग गरेर आफ्नो वा आफन्तको मोबाइल रिचार्ज गर्न सकिन्छ । हाल नेपालमा प्रचलित इ–सेवा, खल्ती, आईएमई पे, प्रभु पे आदि डिजिटल वालेट यसैका उदाहरण हुन् । विभिन्न डिजिटल वालेटको प्रयोग गरी नेपालमा रहेका आफन्तको मोबाइलमा रिचार्ज गरिदिने प्रचलन हाल बढ्दो छ ।

एमपोस पिनलेस रिचार्ज : नेपाल टेलिकमले तोकेका सेवा प्रदायकहरु (जस्तै : स्टेसनरी पसल)ले ग्राहकको मोबाइलमा सिधै ब्यालेन्स रकम ट्रान्सफर गरिदिने सुविधा पनि उपलब्ध छ । आफूले ब्यालेन्स रकम हाल्न चाहेको मोबाइल नम्बर उपलब्ध गराएपछि सेवा प्रदायकले सिधै त्यही नम्बरमा रकम उपलब्ध गराउन सक्छन् ।

सेल्फ केयरको प्रयोग : नेपाल टेलिकमको वेबसाइटमा रहेको सेल्फ केयर एकाउन्ट सेक्सनमा लगअन गरी यो सेवाको प्रयोग गर्न सकिन्छ । सेल्फ केयर एकाउन्ट प्रयोग गर्न सबैभन्दा पहिले रजिष्टर गर्नुपर्छ । रजिष्टर बटनमा क्लिक गरी त्यहाँ दिइएका विवरण अपडेट गरेपछि कम्पनीका विभिन्न सेवा उपयोग गर्न सकिन्छ ।

सेल्फ केयरमार्फत विभिन्न सेवामा रिचार्ज गर्न, ब्यालेन्स ट्रान्सफर गर्न र प्याकेज खरिद गर्न पनि सकिन्छ । यसैबाट आफन्त वा साथीभाइलाई प्याकेज गिफ्ट दिन, आफूले खरिद गरेका विभिन्न प्याकेजको जानकारी लिन र मोबाइलमा उपलब्ध ब्यालेन्स सम्बन्धी जानकारी लिन पनि सकिन्छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया