Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगलिटरेचर फेस्टिभलमा सांगीतिक कार्यक्रमको प्रायोजन ‘खुकुरी रम’ले गर्ने

लिटरेचर फेस्टिभलमा सांगीतिक कार्यक्रमको प्रायोजन ‘खुकुरी रम’ले गर्ने


काठमाडौं । पोखराको फेवाताल किनारमा हुनलागेको ‘१०औँ नेपाल लिटरेचर फेस्टिभल’अन्तर्गत आयोजना हुने सांगीतिक कार्यक्रमहरुको प्रायोजन खुकुरी रमले गर्ने भएको छ । आज बुधबारदेखि सुरु हुनलागेको फेस्टिबलअन्तर्गत बिहीबार स्वर्गीय संगीतकार गोपाल योञ्जनको २५औँ स्मृति दिवसको अवसरमा विशेष सांगीतिक कार्यक्रम आयोजना हुनेछ । योञ्जनका गीतहरुको संगालो ‘गोपालय’ पनि सोही अवसरमा विमोचन गरिनेछ । स्व. योञ्जनले पोखरामै लामो समयसम्म लोकसंगीतको अनुसन्धान र लेखनमा बिताएका थिए ।

वि.सं २००० मा जन्मिएका योञ्जन नेपालका लोकप्रिय र प्रतिभाशाली संगीतकार हुन् । उनले सृजना गरेका गीतहरू सदावहार थिए, जसले अझै पनि नेपाली संगीतको प्रतिनिधित्व गर्दछन् । लोकगीत, राष्ट्रिय गीत, आधुनिक गीत, भजन, फ्यूजन, बालगीत, चलचित्र गीत, खेल गीतलगायतका विभिन्न विधामा संगीत सृजना गरेका उनले ‘संगीताञ्जली’ र ‘गीतमञ्जरी’ नामका दुईवटा पुस्तक पनि लेखेका छन् भने करिब एक दर्जन चलचित्रमा संगीत भरेका छन् । ‘सुप्रबल गोर्खा दक्षिण बाहु’, ‘छिन्नलता गीत पुरस्कार’लगायतबाट सम्मानित योञ्जनको जण्डिसको उपचारका क्रममा २०५३ जेठ ७ गते दिल्लीमा निधन भएको थियो ।

लिटरेचर फेस्टिबलमा यसबाहेक लोक–ब्याण्ड रैथाने र फ्यूजन गिटारवादक अनिल शाहीले पनि आफ्नो ब्याण्डसँगै विशेष प्रस्तुति दिनेछन् । यीलगायत सबै सांगीतिक कार्यक्रमहरुको प्रायोजन ‘खुकुरी रम’ले गरेको हो । ‘खुकुरी रम’ संगठित क्षेत्रमा स्थापना भएको देशकै पहिलो मदिरा उद्योग ‘दि नेपाल डिस्टिलरिज’ले ६२ वर्षदेखि उत्पादन गर्दै आएको छ । कम्पनीका इभेन्ट म्यानेजर सुदिक्षा अधिकारीले कला, साहित्य र संगीतप्रेमीहरुको विशेष उत्सव ‘नेपाल लिटरेचर फेस्टिभल’सँग सहकार्य गर्न पाउँदा आफूहरुलाई गौरव महसुस भएको बताए । यस्तै उनले ‘खुकुरी रम’ उत्पादन गर्दा मौलिकतालाई विशेष जोड दिने गरेको बताए । यही कारण नेपाली मौलिकपनले ओतप्रोत लिटरेचर फेस्टिभलजस्ता कार्यक्रम कम्पनीको रोजाइमा पर्ने उनको भनाइ छ ।

लिटरेचर फेस्टिभलको आयोजक बुकवर्म फाउण्डेसनका निर्देशक निरज भारीले नेपालीहरुको पहिचानको रुपमा धेरै देशमा निर्यात हुने उत्पादनलाई लिटरेचर फेस्टिभलअन्तर्गतका सांगीतिक कार्यक्रमहरुसँग जोड्न पाउँदा आफूहरुलाई पनि खुसी लागेको बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x